हेटौडा । जितपुर सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की रु पाँच लाख घूससहित सोमबार पक्राउ परेका हुन् ।

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका वडाअध्यक्ष कार्की नेकपा (एमाले) पार्टीबाट निर्वाचित भएका थिए ।