काठमाडौं । यदि तपाईं आफू साइबर अपराधको शिकार हुनु भएको छ भने अनलाइनबाटै प्रहरी कार्यालयमा जाहेरी दिन सक्नुहुने छ । साइबर अपराध सम्बन्धी घटनाको जाहेरी दिँदा निश्चित ढाँचा प्रयोग गर्नुपर्छ ।

साथै पीडित र पीडकसँग सम्बन्धित यूआरएल लिङ्क, नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र, घटनाको विवरण र सम्बन्धित स्क्रिनशट/विवरणहरू समेत आवश्यक पर्छ । तपाईंले निवेदनको ढाँचा यहाँ क्लिक गरी पाउन सक्नुहुन्छ ।

OM Sai Pathibhara Hospital

एडोबी एक्रोबेट जस्ता सफ्टवेयर प्रयोग गरी अथवा प्रिन्ट गरेर तपाईंले उक्त फाराममा विवरण भर्न सक्नुहुन्छ । नेपाल प्रहरीका अनुसार निवेदनमा उल्लेख गर्नुपर्ने विवरण एवं कागजातहरू यस प्रकार छन्:

  • पीडित र पीडकसँग सम्बन्धित यूआरएल आईडी लिङ्क

  • नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमती पत्र) को प्रतिलिपी (दुवै तर्फको स्पष्ट बुझिने गरी)

  • १.बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

  • २.घटना सम्बन्धी माध्यम/सञ्जाल र छोटकरी विवरण

  • ३.ढाँचा बमोजिम स्पष्ट बुझिने गरि भरेर दस्तखत गरिएको निवेदन

    ४.घटनासँग सम्बन्धित Screenshot हरू

  • ५.घटनासँग सम्बन्धित अन्य विवरणहरू

अब माथि उल्लेखित विवरणहरू भरेपछि तपाईंले साइवर ब्युरो, भोटाहिटीको इमेल [email protected] मा  निवेदन पठाउनुहाेस् । अथवा नजिकको जिल्ला प्रहरी कार्यालयमा गई लिखित निवेदन दिन सक्नुहुनेछ । यो बीचमा तपाईंलाई कुनै समस्या भए ०१-५३१९०४४ अथवा ९८५१२८६७७० मा समेत कल गर्न सक्नुहुन्छ ।