भद्रपुर । खस क्षेत्री समाजको  सामाजिक,धार्मिक, सास्कृतिक तथा आर्थिक बिकास सम्बन्धी बृहत्तर हितमा कार्य गर्ने उद्देश्यका साथ सम्पन्न भेलाले खस क्षेत्री समाज केन्द्रीय तदर्थ समिति गठन गरेको छl

सोमबार सम्पन्न भेलाले खड़ग बहादुर खड़काको अध्यक्षतामा बसेको बृहत्तर भेला ब्दारा गठित खस क्षेत्री समाज केन्द्रीय तदर्थ समिति एकाउन्न सदस्यीय रहेको  छ समितिको उपाध्यक्षमा भगवती बस्नेत, महासचिवमा देवेन्द्र किशोर ढुङगाना, सचिवमा बाबूराम कार्की र कोषाध्यक्षमा कमला कार्की निर्बिरोध निर्वाचित भएका छन l

OM Sai Pathibhara Hospital

उक्त भेलाले  सदस्यहरुमा ज्ञानेंन्द्र काफ़ले,, मोहन कुमार बस्नेत, मान बहादुर धमला लगायत चयन भएका छन l सो भेलाले देवेन्द्र किशोर ढुङगाना संयोजक रहेको पांच सदस्यीय बिधान मस्यौदा समिति गठन गरेको छ l

भेलैमा बोल्दै महासचिव देवेन्द्र किशोर ढुङगानाले नेपाल बहु जातीय र बहु सास्कृतिक पृष्ठभूमि बोकेको राष्ट्र भएको कारण पहिचान र अधिकार प्राप्तिको लागि संघर्ष गर्नु बाध्यता रहेको भन्दै संगठित भई देश बिकासमा प्रतिबद्धड रहेर पहिचानलाई स्थापित गर्नु को बिकल्प नरहेको बताए l