समाचार

    Showing 17,841-17,850 of 25,935 items.
  • आगामी आर्थिक वर्षको बजेटबारे विषयगत मन्त्रालयसँग छलफल सुरु

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे विषयगत मन्त्रालयहरूसँग छलफल सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आज विभिन्न विषयगत मन्त्रालय र निकायसँग छलफल गरेको हो ।आगामी आवका लागि स्रोतको अनुमान र बजेटको सीमा (सिलिङ) तोक्नुअघि मन्त्रालयसँग छलफल गरिएको योजना आयोगका प्रवक्ता यमलाल भुसालले राससलाई जानकारी दिए । “आगामी आवको बजेट सिलिङ तोक्नुअघि विभिन्न विषयगत मन्त्रालयसँग छलफल थालिएको छ । कुन मन्त्रालयले केकस्ता योजना र कार्यक्रम कार्यान्वयनका लागि केकति बजेट आवश्यक छ भन्नेलगायतका विषयमा छलफल भएको हो”, उनले भने, “बजेटलाई यथार्थपरक र कार्यान्वयन योग्य बनाउनका लागि स्रोत अनुमान गर्ने र सिलिङ तोक

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 175 पटक पढिएको
  • नेप्से परिसूचकमा २१.६७ अङ्कको गिरावट

    काठमाडौं ।  यो साता कारोबारको लगातार तीन दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक आज चौथो दिन भने दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ को विन्दुमा कायम भएको हो ।आज तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता शेयर ९५ हजार छ सय ४५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ०४ प्रतिशतले घटेको छ ।सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 240 पटक पढिएको
  • राजश्व छली आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ, व्यापारीहरू आन्दोलित

    सर्लाहि । राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायीहरु गरी चार जनालाई प्रहरीले पक्राउ गरेको । चारै जनालाई राजश्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरुलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ ।यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि व्यवसायीहरु सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर बिरोध प्रदर्शनमा उत्रिका छन् । कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 281 पटक पढिएको
  • माघ २२ गते देशभर फिल्म हल बन्द

    काठमाडौँ । चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ ।सङ्घका महासचिव नरेन्द्र महर्जनले मूल्य अभिवृद्धि बाहेकका अन्य अव्यावहारिक कर खारेजीको माग गर्दै आन्दोलनस्वरूप उक्त एक दिन नेपालभर कुनै पनि चलचित्र भवन सञ्चालन नगर्ने निर्णय गरिएको बताए ।‘विभिन्न करका नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य भएका छौँ । हाम्रो व्यवसाय नहुँदा हामीलाई अप्ठ्यारो परेको छ’, महासचिव महर्जनले भने, ‘मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत चलचित्र विका

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 382 पटक पढिएको
  • मलेसियाको सत्रौँ राजाको रूपमा सुल्तान इब्राहिम

    काठमाडौँ । सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहवीच मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिएका हुन् । पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्ने छन ।प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित भएका थिए । उनका पूर्ववर्ती पाहाङ राज्यका शासक सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले मङ्गलबार आफ्नो कार्यकाल पूरा गरेपछि उनको नियुक्ति भएको हो ।मलेसिया संवैधानिक राजतन्त्रात्मक मुलुक हो । यहाँ नौ सुल्तान वा शासकहरू छन् । उनीहरूले आ–आफ्नो

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 219 पटक पढिएको
  • सप्तकोशीमा हामफालेका एक पुरुषको सकुशल उद्धार

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र स्थित कोशी नदीमा हामफालेका एक जना पुरुष मानिसको सकुशल उद्धार गरिएको छ । आज बिहान पौने ९ बजे ६० बर्षीय पुरुष मानिस नदीमा हाम फालेको जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली खटि गई स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको हो । उद्धार गरिएका पुरुषलाई प्रहरीले सम्झाई बुझाई आफन्तको जिम्मा लगाएको छ ।

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 271 पटक पढिएको
  • डाक्टर रन्जितलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस

    झापा  ।   डाक्टर रन्जितलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस गरेको छ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली भनेर पक्राउ गरेका महोत्तरीको पिपरा गाउँपालिका–८ का सक्कली डाक्टर रन्जित कुमार यादवलाई  १० हजार क्षतिपूर्ति दिलाउन मानव अधिकार आयोगले उक्त सिफारिस गरेको छ। सीआईबीले आफूलाई गत साउन २५ गते गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखेको र मानसिक यातना दिएको भन्दै डाक्टर यादवले आयोगमा उजुरी दिएका थिए।

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 277 पटक पढिएको
  • हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

    काठमाडौं । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको बिफ्रिङ लिएका छन।नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो।वि.सं. २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग वि.सं. २०५६ सालदेखि उत्पादन बन्द भएप

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 314 पटक पढिएको
  • जीप दुर्घटना, २ जना भुटानी नागरिकको मृत्यु

    काठमाण्डौ    ।   सिन्धुपाल्चोकको हेलम्बु वडा नम्बर १ मा रहेको दोरिङ भिरमा पयर्टक चढेको बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा २ जना भुटानी नागरिकको मृत्यु भएको छ ।मृत्यु हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुर्घटनामा एक नेपाली र ४ जना भुटानी नागरिक घाईते भएका छन्।

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 214 पटक पढिएको
  • बसले ठक्कर दिँदा चितवन कांग्रेसका नेता तथा पूर्वमन्त्रीको मृत्यु

    चितवन  ।   नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्व बागमती प्रदेशका मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ। पोखराबाट कावासोतीतिर जाँदै गरेको जन्तीको बसले आज(बुुुधबार) दिउँसो गैंडाकोटको कालीगण्डकी चोकमा ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो । गम्भिर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो।गैँडाकोट प्रहरीका अनुसार गैँडाकोटको कालीगण्डकी चोकमा उनी सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ग १ ख ८५४७ नम्बरको जन्ती बसले ठक्कर दिएको थियो । भरतपुर महानगरपालिका–१७ शारदानगरका ६३ वर्षीय पौडेल बिगतमा बागमती प्रदेशको सहकारी तथा भूमिसुधार मन्त्री भएका थिए । 

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 403 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.