FB_IMG_1706698011436चितवन  ।   नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्व बागमती प्रदेशका मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ।

पोखराबाट कावासोतीतिर जाँदै गरेको जन्तीको बसले आज(बुुुधबार) दिउँसो गैंडाकोटको कालीगण्डकी चोकमा ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो । गम्भिर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो।गैँडाकोट प्रहरीका अनुसार गैँडाकोटको कालीगण्डकी चोकमा उनी सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ग १ ख ८५४७ नम्बरको जन्ती बसले ठक्कर दिएको थियो ।

OM Sai Pathibhara Hospital

भरतपुर महानगरपालिका–१७ शारदानगरका ६३ वर्षीय पौडेल बिगतमा बागमती प्रदेशको सहकारी तथा भूमिसुधार मन्त्री भएका थिए ।