झापा  ।   डाक्टर रन्जितलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस गरेको छ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली भनेर पक्राउ गरेका महोत्तरीको पिपरा गाउँपालिका–८ का सक्कली डाक्टर रन्जित कुमार यादवलाई  १० हजार क्षतिपूर्ति दिलाउन मानव अधिकार आयोगले उक्त सिफारिस गरेको छ।

सीआईबीले आफूलाई गत साउन २५ गते गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखेको र मानसिक यातना दिएको भन्दै डाक्टर यादवले आयोगमा उजुरी दिएका थिए।