सर्लाहि । राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायीहरु गरी चार जनालाई प्रहरीले पक्राउ गरेको । चारै जनालाई राजश्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरुलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि व्यवसायीहरु सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर बिरोध प्रदर्शनमा उत्रिका छन् । कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बिल रसिद खोजेपछि दिन नसकेपछि पक्राउ गरेर सिधै पथलैया पु¥याएको भन्दै उनीहरु बिरोधमा उत्रेका छन् । सानो विषयलाई अपराधिक शैलीमा व्यवासायीलाई पक्रेर पथलैया पु¥याइएपछि व्यवसायीहरु आक्रोशित भएका छन् ।Screenshot_2024_0131_190628

सुन चाँदी व्यवसायी पक्राउ परेपछि सम्पूणर् सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन् उनीहरुले आ-आफ्नो पसल बन्द गरी टायर बालेर सकड प्रदर्शन गरिरहेका छन् ।