समाचार

    Showing 16,781-16,790 of 25,894 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशका एक\ दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 309 पटक पढिएको
  • टुकुचा खोला माथिको सडक भासियो, आवागमन प्रभावित

    काठमाडौं–काठमाडौं महानगरपालिका कार्यालय रहेको काठमाडौं प्लाजा अगाडिको सडक गएरातिदेखि भासिएको छ । जसकारण उक्त क्षेत्रको आवागमन पूर्ण रूपमा बन्द भएको छ । भासिएको सडकले दरबारमार्गलाई जोड्ने भएकाले यसले सवारीसाधन र पैदल यात्रुलाई निकै असहज बनाएको छ । महानगर प्रहरीका अनुसार टुकुचा खोला माथिको सडक खण्ड राति नै भासिएको हो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्डमा ठूलो खाल्डो परेको छ ।

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 506 पटक पढिएको
  • श्री एयरलाइन्सको विमान उडानअघि फर्कियो, यात्रु अलपत्र

    काठमाडौं–काठमाडौंबाट सुर्खेत उडान भर्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान आज बिहान धावनमार्गबाट फर्किएको छ। विमान उड्नै लाग्दा भएको यो घटनाले यात्रुहरू अलपत्र परेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतले यस घटनाको पुष्टि गर्दै विमान धावनमार्गमा पुगेर फर्किएपछि सबै अचम्मित भएको नेकी छिन् । उनका अनुसारविमानका कर्मचारीहरूले प्राविधिक कारण भनेर जवाफ दिए तर वास्तविक कारण अझै स्पष्ट भएको छैन । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने यात्रुहरूबीचको सामान्य विवादका कारण विमान फर्काइएको बताए । उनले दुई(चार जना यात्रुबीच सामान्य विवाद भएपछि पाइलटले सुरक्षाका कारण विमान फर्क

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 528 पटक पढिएको
  • सार्वजनिक खरिद अनुगमन कार्यालयद्धारा २० कम्पनी कालोसूचीमा

    काठमाडौं–सार्वजनिक खरिद अनुगमन कार्यालयले २ दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । यी कम्पनीहरूमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनसमेत समावेश छ । कालोसूचीमा परेका अन्य कम्पनीहरूमा सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि, देव नारायण पवन/मैनाचुली/खम्पाचे जेभी सिफल, एडभेन्चर कन्स्ट्रक्सन प्रालि, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि, बराह निर्माण सेवा र सुवास निर्माण सेवा रहेका छन्।

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 347 पटक पढिएको
  • साउदीमा मृत्यु भएका नेपालीको शव ल्याउन किन महिनौं लाग्छ ?

    काठमाडौं–साउदी अरेबियामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारहरूको शव स्वदेश ल्याउनमा महीनौं समय लाग्ने गरेको छ। वैदेशिक रोजगार बोर्डका अनुसार, नेपाली श्रमिकहरूको शव साउदी अरेबियाबाट ल्याउन सामान्यतया ४ महिनासम्म लाग्ने गरेको छ। बोर्डका प्रवक्ता टीकाराम ढकालले बताउनु भयो कि साउदी अरेबियामा मृत्यु भएका नेपाली कामदारको शव ल्याउन सबैभन्दा चाँडो २२ दिन लागेको रेकर्ड रहेको छ। तर, सामान्यतया शव ल्याउन डेढ महिना लाग्ने गरेको छ। “साउदी अरेबियामा कानुनी प्रक्रिया धेरै कडा छ, जसका कारण शव ल्याउन बढी समय लाग्ने गरेको हो। यसमा नेपाली राजदूतावासका श्रम सहचारी देवेन्द्र कार्की पनि सह

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 770 पटक पढिएको
  • पुर्वी नेपालमा भुकम्पकाे धक्का

    झापा   ।    पुर्वी नेपालमा भुकम्पकाे धक्का महसुस गरिएकाे छ । बिहान ७:१३मिनेटमा धक्का महसुस गरिएकाे हाे । भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो।उक्त भूकम्पको धक्का भारत, बंगलादेश, नेपाल, भुटान तथा चीनका केही भाग पनि महसुस गरिएको बताइएको छ।भूकम्पको केन्द्रबिन्दु रहेको नाम्ची आसपासमा के कति क्षति भयो भन्ने कुराको जानकारी आइसकेको छैन।भूकम्पको केन्द्रबिन्दु नाम्चीबाट ९ किलोमिटर टाढा रहेको बताइएको छ।उता जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४:३४ मिनेटमा भ

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 525 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 468 पटक पढिएको
  • जबरजस्ती करणीको अभियोगमा तीन जना पक्राउ

    काठमाडौं–जबरजस्ती करणीको अभियोगमा तीनजना पक्राउ परेका छन्। प्युठानको मल्लरानी गाउँपालिका-२ नाकेटाकुराबाट ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय केशव घर्तीमगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको टोलीले घटनास्थलमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो।त्यस्तै, पाल्पाको पूर्वखोला गाउँपालिका-१ बाट ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय धन बहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। धन बहादुरमाथि मंगलबार राति ती महिलामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।त्यसैगरी, पाल्पाको तानसेन नग

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 430 पटक पढिएको
  • प्रहरी अतिरिक्त महानिरीक्षक जोशीलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं–प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका रामदत्त जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साउन २२ गतेको बैठकले जोशीलाई पदोन्नति गरेको थियो । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । आईजीपी कुँवरले बधाई दिंदै, संगठनप्रति देखाएको समर्पण र योगदानको उच्च मूल्याङ्कन गरिएको बताए । उनले व्यक्तिगत स्वार्थभन्दा पनि सांगठनिक हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 660 पटक पढिएको
  • मनसुनजन्य घटनामा १६८ जनाको मृत्यु

    काठमाडौं–अविरल वर्षाका कारण देशभर बाढी, पहिरो लगायतका प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्याएको छ। बिहीबार दिउँसोसम्म प्राप्त विवरण अनुसार, विभिन्न घटनामा परी १६८ जनाले ज्यान गुमाएका छन्।बाढी र पहिरोले काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५३ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना, र सुदूरपश्चिम प्रदेशमा १० जना गरी कुल १६८ जनाको मृत्यु भएको छ।यसैगरी, विभिन्न विपद्का घटनामा २०१ जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ। साथै, ११० जनाको उद्धार गरिएको छ। विपद्का घटनामा परी ५० जन

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 408 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.