काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भेटघाट तथा छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बिहान ११ बजेदेखि जारी छलफल समसामयिक राजनीतिक अवस्था, प्रदेशका प्राथमिकता र समन्वयका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।

सरकार र सत्तारूढ दलबीच राजनीतिक संवादलाई तीव्र बनाइरहेका बेला भएको यो भेटलाई समसामयिक राजनीतिक समन्वयका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि छलफलपछि कुनै औपचारिक निर्णय वा निष्कर्ष सार्वजनिक गरिएको छैन।