काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले समसामयिक राजनीतिक अवस्था र आगामी महाधिवेशनको तयारीबारे रणनीति तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक बुधबार अपराह्न १२स्३० बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा, संगठन विस्तार, पार्टीका विभिन्न तहका अधिवेशन तथा महाधिवेशनको तयारीका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ। सोही महाधिवेशनलाई केन्द्रमा राखेर संगठनात्मक गतिविधि, तयारीको अवस्था र आगामी रणनीतिबारे बैठकमा निर्णय हुने अपेक्षा गरिएको छ।
पार्टी नेतृत्वले महाधिवेशनलाई प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक तयारीलाई तीव्रता दिने संकेत दिएको छ।





































