काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार बिहान भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेट छोटो समयका लागि भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ। तर, भेटमा कुन विषयमा छलफल भयो भन्नेबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि भेटबारे आफूलाई जानकारी नभएको बताएका छन्।
प्रधानमन्त्री र प्रधानसेनापतिबीच भएको यो भेटको विषयवस्तु सार्वजनिक नभएपछि राजनीतिक तथा सुरक्षा वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका छन्। यद्यपि दुवै पक्षले छलफलको एजेन्डाबारे कुनै प्रतिक्रिया दिएका छैनन्।





































