काठमाडौं–काठमाडौंबाट सुर्खेत उडान भर्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान आज बिहान धावनमार्गबाट फर्किएको छ। विमान उड्नै लाग्दा भएको यो घटनाले यात्रुहरू अलपत्र परेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतले यस घटनाको पुष्टि गर्दै विमान धावनमार्गमा पुगेर फर्किएपछि सबै अचम्मित भएको नेकी छिन् । उनका अनुसारविमानका कर्मचारीहरूले प्राविधिक कारण भनेर जवाफ दिए तर वास्तविक कारण अझै स्पष्ट भएको छैन । 

OM Sai Pathibhara Hospital

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने यात्रुहरूबीचको सामान्य विवादका कारण विमान फर्काइएको बताए । उनले दुई(चार जना यात्रुबीच सामान्य विवाद भएपछि पाइलटले सुरक्षाका कारण विमान फर्काउने निर्णय गरेको जवाफ दिएका छन् । 

यद्यपि, सांसद कठायतले यस्तो सामान्य विवादका लागि विमान उडान रद्द गर्नुलाई एयरलाइन्सको लापरवाही भएको बताएकी छन्। अहिले सोही विमानमार्फत यात्रीहरु बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको छ ।