काठमाडौं–काठमाडौं महानगरपालिका कार्यालय रहेको काठमाडौं प्लाजा अगाडिको सडक गएरातिदेखि भासिएको छ । जसकारण उक्त क्षेत्रको आवागमन पूर्ण रूपमा बन्द भएको छ । भासिएको सडकले दरबारमार्गलाई जोड्ने भएकाले यसले सवारीसाधन र पैदल यात्रुलाई निकै असहज बनाएको छ । महानगर प्रहरीका अनुसार टुकुचा खोला माथिको सडक खण्ड राति नै भासिएको हो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्डमा ठूलो खाल्डो परेको छ ।