समाचार

    Showing 16,401-16,410 of 25,875 items.
  • दसैँतिहारका लागि १२ गतेदेखि अग्रिम टिकट खुला

    काठमाडौं–दसैँतिहारका अवसरमा सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बिचको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरेर यस निर्णयमा पुगिएको हो ।मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले व्यवसायीका मागहरूमा आधारित सातबुँदे निर्णय पनि गरेको छ । बैठकले सबै सडक मर्मत गर्न, र बिपी राजमार्गमा सुरक्षाको लागि साना सवारी मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अग्रिम टिकटको प्रक्रिया चाँडै खुल्ने जानकारी दिए । सवारीसाधनको यान्त्रिक परीक्षण ग

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 451 पटक पढिएको
  • प्रधानमन्त्री ओली र महासचिव गुटेर्रेसबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा संयुक्त राष्ट्र महासचिव एन्टेनियो गुटेर्रेससँग भेटवार्ता गरेका छन् । भेटमा नेपालको विकास, जलवायु परिवर्तन, शान्ति प्रक्रिया र द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघको सहयोगका लागि आभार व्यक्त गर्दै, विकास र जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न थप सहयोगको आवश्यकता रहेको बताए । महासचिव गुटेर्रेसले नेपालजस्ता हिमाली राष्ट्रलाई जलवायु परिवर्तनको असरबाट जोगाउन अन्तर्राष्ट्रिय सहयोगको महत्त्वमा जोड दिएका छन् ।भेटवार्तामा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र न

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 412 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू,

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 414 पटक पढिएको
  • मोरङको आमबारी र नोचाबाट तस्करी भएको कपडामा राजस्व अनुसन्धानले हान्यो छापा

    मोरङ । राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका–८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेको छ ।तस्करीको कपडा रहेको बिशेस सूचनाका आधारमा राजस्वका अधिकृत सरोज कोइराला नेतृत्वको टोलीले शुक्रबार छापा हानेको हो ।  कोइराला नेतृत्वको टोलिले २७ बोरा कपडा बरामद गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिएका छन ।काठमाण्डौ पठाउन ठिक्क पारिएको कपडा बरामद गरिएको हो। बरामद गरिएका कपडा भारतबाट मोरङको आमबारी र नोचा नाकाबाट भन्सार छली गरी तस्करी गरेर विराटनगर ल्याइएको हो ।तस्करी गरेर ल्याइएको कपडाको भ्याट बिल असम्बन्धित फार्मले काटिदिने गरेको पाइएको

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 1,264 पटक पढिएको
  • कालभैरवको मूर्ति अगाडि लिंगो ठड्याएसँगै सुरु भएको इन्द्रजात्रा पर्व आज सकियो

    काठमाडौं—हनुमानढोका दरबार क्षेत्र कालभैरवको मूर्ति अगाडि लिंगो ठड्याएसँगै सुरु भएको इन्द्रजात्रा पर्व शनिबार सम्पन्न भएको छ । परम्पराअनुसार शनिबार इन्द्रजात्राको अन्तिम दिन नानीचा: या: (महिलाहरुले रथ ताने) तानेका छन् । महिलाले गणेश, भैरव र कुमारीको रथ तानेर इन्द्रजात्रा मनाए । जात्रामा नेवार समुदायको बाक्लो उपस्थिति थियो । इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी यो पर्व मनाइन्छ । कुमारी पूजाको समयमा कुमारीको दायाँबायाँ जीवित गणेश र भैरव राखिन्छ । सप्ताहव्यापी रूपमा गरिने पूजाविधि फरक फरक हुन्छ । भाद्र शुक्ल एकादशीको दिन निमन्त्रणा पुजा हु

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 496 पटक पढिएको
  • न्यूयोर्क पुगे प्रधानमन्त्री ओली

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क पुगेका छन्। उनी नेपाली समय अनुसार शनिबार बिहान न्यूयोर्क अवतरण गरेका हुन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्न २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार प्रस्थान गरेका थिए।प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, नियोग उपप्रमुख कौशल किशोर राय, अमेरिकाका लागि कार्यवहाक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका प्रमुख चक्र सुवेदीलगायतले जोन एफ केनेडी विमानस्थलमा स्वागत गरे। महासभादेखि समिट अफ द फ्युचरसहित अमेरिकामा रहँदा प्रधान

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 318 पटक पढिएको
  • नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकको काम घटस्थापना अघि नै सक्ने सहमति

    काठमाडौं— नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिने विषयमा सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा विभिन्न समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्ष सहमत भएका हुन् ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री देवेन्द्र दाहालको अगुवाइमा भएको छलफलमा धादिङका संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिसँगै निर्माण कम्पनीका प्रतिनिधि, कन्सल्ट्यान्टलगायतको सहभागिता थियो । सहमतिअनुसार निर्माण व्यवसायीले चाडपर्वलाई लक्षित गरी यही असोज १७ गतेभित्र सडकको सबै मर्मतको काम सक्नुपर्ने भएको छ ।सडक विभागले तत्कालै

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 250 पटक पढिएको
  • सहकारी ठगी प्रकरणको प्रतिवेदन गृहले भोली प्रहरीलाई पठाउने

    काठमाडौं— सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदन गृह, सहकारी, अर्थ र उद्योग मन्त्रालयमा पठाइएको छ। शुक्रबार सार्वजनिक भएको समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्ध

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 459 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 441 पटक पढिएको
  • बेरुजु फर्स्यौट समिति गठन गर्ने सरकारको निणर्य, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने

    काठमाडौं-सरकारले बेरुजु फस्र्यौटका लागि भन्दै बेरुजु फर्स्यौट  समिति गठन गरेको छ ।सामान्य प्रक्रियाबाट फस्र्यौट हुन नसकेका बेरुजु फस्र्यौट गर्न भन्दै मन्त्रीपरिषदको बैठकले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फस्र्यौट समिति गठन गरेको हो । बुधबार बसेको मन्त्री परिषद बैठकको निणर्य आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता सन्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी गराएका हुन् । बैठकले समितिको कार्यक्षेत्र समेत तोकेको छ । त्यसैगरी कार्तिक ५ गतेदेखि १० गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुन

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 364 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.