समाचार

    Showing 16,231-16,240 of 25,875 items.
  • बाढीपहिरोले सार्वजनिक यातायातमा ७३ करोडको क्षति

    काठमाडौं – यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड बराबरको क्षति भएको छ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो।क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको २० करोड, महाकाली व्

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 577 पटक पढिएको
  • दशैं मनाउन उपत्यकाबाट बाहिरिए ६ लाख

    काठमाडौं — केही दिनअघिको अविरल वर्षा र त्यसले निम्त्याएको पहिरोको त्रासबीच घटस्थापनादेखि बुधबार बिहानसम्म ५ लाखभन्दा बढी यात्रु उपत्यकाबाट दशैंका लागि बाहिरिएका छन्। घटस्थापनादेखि दैनिक करिब १ लाख यात्रु बाहिरिरहेका बेला सोमबार र मंगलबार भने नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा सडक भासिएपछि सहजै यात्रु बस उपत्यका भित्रन पाएनन्।यसले गर्दा बाहिरिने यात्रुको संख्या केही कम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले बताए।घटस्थापनायता उपत्यकाका विभिन्न ठाउँबाट दशैंका लागि बाहिरिने सवारी चाप धेरै रहेको उनको भनाइ छ। ‘दशैंका लागि घर जाने यात्रुको चाप धेरै छ,’ उनले भने

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 372 पटक पढिएको
  • तीन सवारी ठोक्किएर दुर्घटना हुँदा २८ घाइते

    काठमाडौं— मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा २८ यात्रु घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार भीमफेदी गाउँपालिका वडा नम्बर ४ स्थित गोल्फिनबेँसीमा काठमाडौंबाट जनकपुर जाँदै गरेको बा. ३ ख २७२३ नम्बरको मिनीबस दुर्घटना भएको हो। गम्भीर घाइते ६ सहित आठजनालाई थप उपचारका लागि चितवन पठाइएको प्रवक्ता अर्यालले जानकारी दिए। हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा. २ज ९८३ नम्बरको ट्याक्सी र बस आपसमा ठोक्किएर बा. २ज ८० नम्बरको अर्को ट्याक्सीसँग ठोक्किएपछ बस सडकबाट १० मिटर तल खसेर दुर्घटना भएक

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 406 पटक पढिएको
  • भारतको प्रसिद्ध टाटा कम्पनीका मालिक रतन टाटाको निधन

    एजेन्शी । भारतको प्रसिद्ध टाटा कम्पनीका मालिक उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन्।उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए । राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्।रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । भारत सरकारले रतन टाटाल

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 433 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 469 पटक पढिएको
  • रुसी सेनामा कार्यरत ४३ नेपालीको मृत्यु पुष्टि

    काठमाडौं— रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ। नेपाल सरकारको तथ्यांकमा हालसम्म ४३ को मृत्यु भएको र आठजनाको मृत्यु पुष्टि हुन बाँकी रहेको उल्लेख छ। तर, पीडित परिवारले भने ५४ को मृत्यु र २७९ जना बेपत्ता भएको जानकारी दिएका छन्।रुसी सेनाले मृतक नेपालीको परिवारलाई हालसम्म पनि क्षतिपूर्ति दिएको छैन। कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार रुसी सेनामा कार्यरत ४३ नेपालीको हालसम्म मृत्यु भएको आधिकारिक जानकारी रुस सरकारले उपलब्ध गराएको छ। थप आठजनाको मृत्यु भएको, तर आधिकारिक रूपमा रुसी सेनाबाट पुष्टि हुन बाँकी छ। सरकारी तथ्यांकअनुसार रुसी सेनामा कार्यरत

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 627 पटक पढिएको
  • काठमाडौंमा फेरि मेलम्चीको पानी वितरण सुरु

    काठमाडौं– काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौंको सुन्दरी जलमा रहेको प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण शुभारम्भ गरे ।सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए।मेलम्चीको पानी अहिले केयुकेएलमा आइसकेकाले अब काठमाडौं उपत्यकावासीका धाराधारा पानी वितरण सुरु गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 196 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा र

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 334 पटक पढिएको
  • थप ५७ हिमाल आरोहणका लागि खुला

    काठमाडौं— सरकारले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले थप २७ हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले भने, ‘‘बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका हिमालहरुको आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको छ ।’’ यी हुन् मन्त्रिपरिषद्‌का निर्णय

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 356 पटक पढिएको
  • यी हुन् मन्त्रिपरिषद्‌का ११ निर्णय

    काठमाडौं— मन्त्रिपरिषद्‌को मंगलबारको बैठकले ११ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन्। मन्त्री गुरुङले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि रायसहितको प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए।त्यस्तै बैठकले चालु आर्थिक वर्ष २०८१-८२ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत विभिन्न आयोजना र निकायका लागि कुल २६६ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 165 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.