समाचार

    Showing 12,321-12,330 of 23,643 items.
  • बजेट अभावमा रोकियो गैँडा गणना

    चितवन । हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरूको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए । सरकारले गैँडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोष्टमार्फत एक– एक गैँडाको सङ्केतका आधारमा अवस्था पहिचान गरिने उनले बताए । निकुञ्जको सम्पूर्ण जनशक्ति परिचालन गरेर सम्भवभएसम्म गणना गरिने उनले बताए ।महानिर्देशक कँडेलले भने, ‘गणनाजस्तै गरी यकिन सङ्ख्या सार्वजनिक नभए पनि सूक्ष्म रुपमा एकएक गैँ

    • प्रकाशित मितिः चैत १, २०८१
    • 454 पटक पढिएको
  • नेकपा (एकीकृत समाजवादी) को वृह्त पत्रकार सम्मेलन तथा कार्यकर्ता भेला आज

    काठमाडौ— नेकपा (एकीकृत समाजवादी) ले आज वृहत पत्रकार सम्मेलन तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गर्दैछ। पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा हजारौँ नेता कार्यकर्ताहरूको सहभागिता रहने केन्द्रीय आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिP। बबरमहलको कार्की ब्याङ्क्वेटमा आयोजना गरेको कार्यक्रममा पार्टीका जनसंगठन, काठमाडौँ, भक्तपुर र ललितपुरलगायतका नेताहरुको उपस्थिति रहनेछ। उक्त पत्रकार सम्मेलन तथा कार्यकर्ता भेलामा उपस्थित हुन नेता कार्यकर्ताहरूलाई पार्टीले अपिलसमेत गरेको छ। 

    • प्रकाशित मितिः चैत १, २०८१
    • 402 पटक पढिएको
  • समाजवादी मोर्चाको बैठक सुरु

     काठमाडौं— समाजवादी मोर्चा नेपालको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । मोर्चाको आगामी रणनीतिका विषयमा पनि छलफल हुने बताइएको छ। मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।मोर्चाले १५ गते गणतन्त्रको पक्ष र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्ने तयारी गरेको छ । 

    • प्रकाशित मितिः चैत १, २०८१
    • 405 पटक पढिएको
  • प्रधानाध्यापक कुटपिटको आरोपमा वडा अध्यक्षसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी

    काठमाडौं— दाङको घोराही उपमहानगरपालिका– १४ मा अवस्थित शुभ प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको विषयले उग्र रूप लिएपछि प्रहरीमा जाहेरी परेको छ।विद्यालयका प्रधानाध्यापक रुद्र बुढामगरले घोराही १४ का वडाध्यक्ष भानसिङ बुढामगरले आफूमाथि हातपात गरेको भन्दै गम्भीर आरोप लगाएका हुन् । विवाद उत्कर्षमा पुग्दा झडप भएको बताइएको छ ।वडा अध्यक्ष घर्तीसहित ३ जना विरुद्ध प्रधानाध्यापक घर्तीले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जाहेरी दिएका छन् । उनले कुनै हालतमा जाहेरी फिर्ता नलिने बताए । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख चक्रबहादुर शाहले पीडितको तर्फबाट घर्तीले प्रहरी कार्यालयमा जाहेर

    • प्रकाशित मितिः चैत १, २०८१
    • 454 पटक पढिएको
  • साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

    काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए ।‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध  सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित थिए रभानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो । 

    • प्रकाशित मितिः चैत १, २०८१
    • 307 पटक पढिएको
  • वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरमा सञ्चालन भएकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अनुमतिबिना सञ्चालित छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको  अनुगमनका क्रममा यस्तो पाइएको हो ।  फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दै मासु व्यवसायीले आफूखुसी मूल्य बढाएर बिक्री वितरण गर्ने गुनासोपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मासु पसलको अनुगमन गरिएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले अनुगमन गरिएका  मासु पसलमध्ये आधीभन्दा बढी इजाजतबिना सञ्चालन हुँदै आएका भेट्टिएको जानकारी दिए ।‘इजाजतबिना सञ्चालनमा रहेका मासु पसललाई सात दिनभित्र इजाजतपत्र लिइ जिल्ला

    • प्रकाशित मितिः चैत १, २०८१
    • 421 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला र

    • प्रकाशित मितिः चैत १, २०८१
    • 309 पटक पढिएको
  • देशका अधिकांश भागमा आज मौसम सफा रहने

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय  वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भागका एक–दुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।त्यसैगरी, आज राति सु

    • प्रकाशित मितिः चैत १, २०८१
    • 237 पटक पढिएको
  • यस वर्ष को बन्लान् महामूर्ख ?

    धनुषा । कसैलाई मूर्ख, महामूर्खभन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ । मिथिलाको यस सहरमा महामूर्ख बन्न सबै ललायित हुने गर्छन् । हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजकसमक्ष गर्ने गरिएको छ ।होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) जनकपुरधामले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खहरूको लिस्ट तयार भइसकेको मिनापका महासचिव शैलेन्द्र

    • प्रकाशित मितिः चैत १, २०८१
    • 314 पटक पढिएको
  • मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै

    महोत्तरी । मधेसको प्राचीन मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्त्वको मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदैछ । फागुन औँसीका दिन सुरू भई १५ रात्रिविश्रामको यो यात्रा आज १६औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न गरिँदैछ । जनकपुरधामको रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिविश्राम गरेका यात्रीले बिहीबार मध्यरात कटेसँगै पञ्चकोशी पनि भनिने जनकपुरधामको अन्तरगृह परिक्रमा थालेका छन् ।मिथिलामा १५औँ दिनको रात्रिबासपछि १६औँं दिन पञ्चकोशी परिक्रमा गरेपछि मात्र यात्रा सम्पन्न भएको मानिन्छ । अहिले पञ्चकोशी परिक्रमाका यात्री  जनकपुरधामको अन्तरगृह परिक्रमा पथमा अटुट मानवपङ्क्ति देखिँदो छ । यो अन्त

    • प्रकाशित मितिः चैत १, २०८१
    • 377 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.