समाचार

    Showing 11,681-11,690 of 19,794 items.
  • ठूलो परिमाणमा नक्कली नोटसहित दुई जना पक्राउ

    सर्लाही  ।   सर्लाही प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी टोलीले हरिवन नगरपालिका-११ कडरिया चौकबाट दुई जनालाई पक्राउ गरेको हो।सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालका अनुसार बरामद नक्कली नोट गणाको काम भइरहेको छ। यसअघि मंगलबार राति करिब ९ बजे मलंगवा नगरपालिका-३ नगरपालिका चोकस्थित अण्डा पसलबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित प्रहरीले श्रीमान् र श्रीमतीलाई पक्राउ गरेको थियो।

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 444 पटक पढिएको
  • बिद्यालय स्तरीय FAN CLUB गठन

    सुनसरी  । आज माघ १८ गते विहिबार जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं.-१३ स्थित श्री नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक डिकेन्द्र राय ज्यूको संयोजकत्वमा “ लागू औषध दुर्व्यसन बिरुद्धको अभियान Fight Against Narcotic ( FAN)” चलाउने उदेश्य अनुरुम उक्त बिद्यालका कक्षा-८ र ९ का ५० जना  बिद्यार्थीको सहभगितामा  कक्षा ९ का छात्रा आत्मिय राईको संयोजकत्वमा ११ सदस्य रहने गरी बिद्यालय स्तरिय FAN CLUB गठन सम्पन्न भएको छ।

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 130 पटक पढिएको
  • कोशी प्रदेश प्रहरी तालिम केन्द्र र प्रदेश प्रहरी गणको निरीक्षण भ्रमण सम्पन्न

    मोरङ  ।  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी र  कोशी प्रदेश प्रहरी गण बिराटनगरको स्थलगत निरीक्षण भ्रमण गरेका छन । निरीक्षण भ्रमणको क्रममा वाँहाले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन । निर्देशनको क्रममा कार्यालयहरुको आ-आफ्नै कार्यक्षेत्र र जिम्मेवारी रहेको हुँदा कानुनको परिधिमा रहेर मानव अधिकारको संरक्षण गर्दै कार्य गर्न निर्देशन दिए  । यसका साथै वहाँले नेपाल प्रहरीको पहिलो प्राथामिकता भनेको शान्ति सुरक्षा अमन चयन गर्न

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 276 पटक पढिएको
  • चौधरी प्रतिष्ठित व्यवसायी हुन्, बोलाएको भए आफैँ पुगेर अनुसन्धानमा सहयोग गर्थे : उद्योग परिसंघ

    काठमाडौं । नेपाल प्रहरीले व्यावसायी अरुण चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले असन्तुष्टि जनाएको छ।परिसंघले बिहीबार पत्रकार सम्मेलन गर्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कुनै सूचना नदिएको र अनुसन्धानका लागि समेत नबोलाइ पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो।अरुण चौधरी यही देशकै माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी भएको र उनी देश छोडेर कतै जान नलागेको परिसंघले जनाएको छ। राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरेको र यसप्रति

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 338 पटक पढिएको
  • बालेनलाइ राजदूत थम्प्सनले अमेरिका भ्रमणको निम्तो दिए

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपालकालागि अमेरिकाका राजदूत डीन आर. थम्प्सनबीच शिष्टाचार भेट भएको छ । भेटघाट बालेन साहको कार्यकक्षमा भएको हो ।भेटमा बालेनले सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्न सकिने बताएका थिए भने राजदूत थम्प्सनले सिर्जनात्मक कार्यक्रमहरूका लागि अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक रहेको बताएका छन् ।राजदूतले थम्प्सनले बालेनलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएका छन।

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 551 पटक पढिएको
  • सेयर बजारमा भारी गिरावट

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक करिब ३१ अंक (३०.९२) ले घटेर २ हजार ६७.०१ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.४७ प्रतिशतले कम हो । बुधबार २१ अंकले घटेको नेप्से बिहीबार पनि उच्च अंकले ओरालो लागेको हो ।बिहीबार ८० हजार २९ वटा कारोबारबाट ३ सय ९ वटा कम्पनीका १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट ४ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार ५ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन कारोबारमा आएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढेपनि २ सय २६ वटा कम्पन

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 522 पटक पढिएको
  • गुप्तचरका दुई दर्जन जिल्लाका अनुसन्धान प्रमुखको सरुवा

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का उप अनुसन्धान निर्देशक(एसपी) र प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)हरुको ठूलो संख्यामा सरुवा भएको छ । सरुवासँगै धेरै जसो जिल्लाका अनुसन्धान प्रमुख फेरिएका छन् ।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मोरङमा तिलक प्रसाई, इलाममा तुलसी प्रसाई, उदयपुरमा कुमार बुडाथोकी, चितवनमा मनोज ढकाल, काभ्रेमा शेरजंग चन्द तथा तनहुँमा कमल भट्टराईको सरुवा भएको छ । बर्दियामा एसपी पवन जोशी, दाङमा रमेश डाँगी, कैलालीमा मोहन कुँवर, कञ्चनपुरमा नरेश भट्ट, गोरखामा हुमकान्त पाण्डे, पूर्वी नवलपरासीमा अशोक भट्ट, सिन्धुलीमा सुवास खड्का, धादिङमा नरेन्द्र गिरी, पाल्पामा जयन्द्र उपा

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 713 पटक पढिएको
  • अरुण चौधरी पक्राउपछि एफएनसीसीआई, सीएनआई र चेम्बरले बोलाए आकस्मिक पत्रकार सम्मेलन

    काठमाडौं । व्यवसायी अरुण चौधरी प्रक्राउपछि निजी क्षेत्रका तीन वटै संगठन सक्रिय भएका छन्। व्यवसायीमाथि सरकार नियोजित रुपमा लागेको भन्दै तीन संगठनले त्यसको विरोध गरेका छन्। सरकारले पहिले सुन्ने, त्यसपछि सुन्ने काम नगरेको भन्दै निजी संगठनले आपत्ति जनाएका हुन्। नेपाल उद्योग परिसंघले बिहीबार नै पत्रकार सम्मेलन गरेर सरकारको कार्यशैलीको विरोध गर्ने भएको हो। सिएनआईले अहिले साढे ५ बजे पत्रकार सम्मेलन गरेर सरकारको रबैयाको विरोध गर्ने भएको हो। देशमा लगानी सम्मेलन हुने तरखर छ। अहिले त्यसको तयारी चलिरहेका बेला राज्य आतङ्क सुरु भएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बताएका छन । 

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 275 पटक पढिएको
  • विदेश पठाइदिने भन्दै करोडौं ठगेको आरोपमा एकजना पक्राउ

    काठमाडौं । विदेशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा एकजना पक्राउ परेका छन् । माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।बालाजुमा युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६०० भन्दा बढी व्यक्तिबाट करोडौं रुपैयाँ लिएर गठी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । विकाश वाइवाको नक्कली परिचय पत्र बनाएर उनी ठगीमा संलग्न भएको प्रहरीले जनाएको छ । एकजनाबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।बुधबार पक्राउ परेका उनलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले आर

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 272 पटक पढिएको
  • हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    काठमाण्डौ । बिहीबार बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको छ। बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायतका स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेका छन ।  हिउँ नपन्छ्याएसम्म यात्रा गर्न कठिनाइ भएको छ । हिमपात भइरहेको हुँदा बिहीबार सडक खुलाउन नसकिने निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताएका छन। शुक्रबार बिहान हिमपात रोकि

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 243 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा