काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलबिरेमा रोकिराखेको ट्रकसँग बस ठोक्किएर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । शनिबार राति रोकिरहेको ट्रकमा बस ठोक्किँदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन । उक्त घटनामा परी ४ जना घाइते भएका छन् । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ८५२४ नम्बरको बस ना६ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको हो ।दुर्घटनामा ट्रक चालक पर्सा वीरगञ्ज महानगरपालिका हाकिम मिया, बसमा सवार सर्लाही ब
काठमाडौं । दक्षिणी आइसल्याण्डमा ज्वालामुखी विष्फोटका कारण आपतकालीन अवस्थाको घोषणा गरिएको छ । गत डिसेम्बरपछि चौथोपटक रेक्जेन्स प्रायद्धीपमा ज्वालामुखी विष्फोट भएको हो ।ज्वालामुखी विष्फोट भएको ठाउँबाट नजिकैको सानो शहर ग्रिन्डाविक सबैभन्दा बढी प्रभावित भएको छ । प्रभावित क्षेत्रका सर्वसाधारणलाई घर घोड्न आग्रह गरिएको छ । साथै त्यहाँको लोकप्रिय पर्यटकीय गन्तब्य मध्येको ब्लु लगुन पनि खाली गराइएको छ ।प्रभावित क्षेत्र वरपर विशाल लाभा फैलिएको छ । जसकारण वरपरको क्षेत्र धुँवाको मुस्लो उडिरहेको छ । आइसल्याण्डको हवाई क्षेत्रलाई भने खुल्ला राखिएको छ ।नागरिक सुरक्षा सेवाका अनुसार ज्वालमुखी विष्फोट स्थानी
काठमाडौँ । लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिक रूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ ।आज औपचारिक कार्यक्रमकाबीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी घोषणा गर्नेछन् ।फेवातालको किनार बाराहीघाटमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्याली र प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा। डा। मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा हर्क गुरुङ मरणोपरान्त सम्मान, सुप्रसिद्ध गायक, सङ्ग
धनकुटा । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका र दुई बालकको मृत्यु भएको जानकारी दिए। आगलागीबाट स्थानीय रमेश कार्कीकी सात वर्षकी छोरी दिपशिखा कार्की, तीन वर्षीय छोरा दियनिस कार्की र अर्का स्थानीय केदार कार्कीका छ वर्षका छोरा प्रनिश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका जनाएको छ। ती बालबालिकाहरू गोठमा खेलिरहेका बेला आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाण्डौ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली
मोरङ । मोरङको रंगेली नगरपालिका-३ बाबुसाहेव टोलको सन्थाल वस्ती आगलागी भएको छ । शनिबार दिउँसो अढाई बजेतिर सुरु भएको आगलागीबाट उक्त टोलमा रहेका २२ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।आगलागीबाट तला मुर्मु, सुपल हाँस्दा जङ्गली मुर्मु, अनुज हमरम तलु मुर्मु भेना मुर्मु, शुक्ला मुर्मु जङ्गली मुर्मु बुवा बुद्रा हेमरम, सनिश्चरा मुर्मु, बासुदेव किसकु, मराङ हेमरङ, सोनिया टुडु मंगला टुडु शनिश्चरा मुर्मु विशाल हेमरम लगायतकाे गरी डेढ करोड भन्दा बढीको क्षति भएकाे जनाइएकाे छ । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण आगलागी भएको पीडितहरुले आरोप लगाएका छन्।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माणको काम प्रभावित हुन नहुने बताएका छन् । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा उनले विकास र समृद्धिको यात्रामा सरकार परिवर्तनले अवरोध हुन नहुने बताएका हुन् ।नयाँ सत्ता समीकरण बनेपछि आफूले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न र व्यवसायीलाई कुनै खाले अनावश्यक दुःख नदिन निर्देशन दिएको पनि ‘प्रचण्ड’ले बताए । नियम र कानुन पालना गरेर काम गरिरहेको कुनै पनि व्यवसायीले त्रसित हुन नपर्ने उनको भनाइ छ ।देशका विभिन्न स्थानबाट सिधै पोखरा आउनक
काठमाण्डौ । कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो ।कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । वीरगञ्जबाट धनगढी जाँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । लाइटरसहित खुर्सानी, डाईपर, औषधी लगायतका सामग्री बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको अनुमान गरिएको छ । दिउँसो ३ बजेतिर कैलालीको बर्दगोरिया गाउँपालिका १ मुडा बजार नजिक आगो लागेको थियो । आगो करिव चार बजे नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । यस अघि सोम
बिर्तामोड । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा शनिबार राति भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी एक लाख मूल्य बराबरको सुर्ती बरामद गरेको छ।शनिबार बिहान करिब ३ बजेको समयमा भद्रपुर–४ स्थित मेची नदी किनारबाट सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सीमा पिल्लर न.१०३ छेउबाट तस्करहरूले सामान भित्र्याइरहेको अवस्थामा प्रहरीले १४ बोरा सुर्ती बरामद गरेको हो। प्रहरीलाई देख्न साथ तस्करहरू सुर्तीका बोरा छाडेर भारततर्फ भागेका प्रहरीले बताएको छ। बरामद गरिएको सुर्ती भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्र
काठमाण्डौ । कृषि सहकारी तथा प्राकृति स्रोत समितिकी सभापति आरजु राणा भारतको राजधानी नयाँ दिल्ली उडेकी छिन् ।नेपालमा सत्ता समीकरण फेरिएका बेला पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रेहकी राणा अकस्मात नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । शुक्रबार साँझ ५ बजेको एयर भिस्ताराको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।यसअघि उपचारका लागि समेत दिल्ली जाँदै आएकी उनी किन दिल्ली गएकी हुन् भनेर प्रस्ट भइसकेको छैन। कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु केही दिनअघि पनि भारतबाट फर्केकी थिइन्।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.