समाचार

    Showing 11,281-11,290 of 19,785 items.
  • आगामी निर्वाचनमा विदेशमा रहने नेपालीले मतदान गर्न पाउँछन्:-प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् ।गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भइरहेको बताए ।गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी वैशाख २ गते अदालतको फैसलापछि निर्णय गरिने उनको भनाई छ ।

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 318 पटक पढिएको
  • संवैधानिक परिषदको बैठक बस्दै

    काठमाडौं । आज संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।बैठकमा रिक्त रहेका संवैधानिक पदमा नियुक्तिबारे छलफल हुनेछ । अहिले महालेखा परीक्षकसहित विभिन्न संवैधानिक निकायमा पद रिक्त रहेको अवस्था छ ।नियुक्तिकै विषयमा प्रधानमन्त्री प्रचण्डले शनिबार विपक्षी दलका नेता शेरबहादुर देउवा र सत्ता साझेदार दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । उक्त छलफल सकारात्मक बनेको बताइएको थियो ।प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 220 पटक पढिएको
  • चट्याङ लागेर बालिकाको मृत्यु

    काठमाण्डौ  । भैरवी गाउँपालिका–७ पानिपोखरीमा शनिबार दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको छ ।चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख दीपक मगराठीले बताए ।चट्याङ लागेर एउटा खसीसमेत मरेको जनाइएको छ । दैलेखमा शनिबार दिउँसो ५ बजेतिर हावाहुरीसहित पानी परेको थियो।

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 226 पटक पढिएको
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी  पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति मा

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 250 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतयाः सफा रहने छ। देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 247 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनका लागि इलाम-२ मा मिलन लिम्बुलाइ उम्मेदवारी घोषणा

    काठमाडौँ । आगामी वैशाख १५ गते इलाम-२ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ । पार्टीका सभापति रवि लामिछाने सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन । इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रम गरी पत्रकारसमेत रहेका मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो । उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर-३ की सांसद तोशिमा कार्की लगायतका वक्ताहरूले सम्बोधन गरिरहेका छन् ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटो

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 322 पटक पढिएको
  • लागुऔषध ब्राउन सुगर सहित ७ जना पक्राउ

    मोरङ  ।  झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका कन्काई नगरपालिका-४  का २१ बर्षीय सन्जय चौधरी र ३० बर्षीय रोशन चौधरीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ५ ग्राम २ सय ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।  ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितबाट भोजपुर ट्याम्केमैयुम गाउँपालिका-७ का २९ बर्षीय उगेन दर्जीको साथबाट २ ग्र

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 277 पटक पढिएको
  • पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते

    काठमाण्डौ  ।  पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ । बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए ।बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ । त्यही तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । 

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 578 पटक पढिएको
  • बस र कार ठोक्किदा पोखराका ३ जना घाइते

    काठमाण्डौ  ।  तनहुँमा रोकि राखेको बसलाई कारले ठक्कर दिँदा ३ जना घाइते भएका छन् । शनिबार विहान पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा दुर्घटना भएको हो ।पोखराबाट दमौलीतर्फ गइरहेको ना ५ ख ५३५९ नम्बरको बसको पछाडीको भागमा सोही दिशाबाट आइरहेको बाग्मती बि एसि ५७४० नम्बरको कार ठोक्किएको थियो ।दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विकास त्रिपाठीसँगै सवार पोखरा–१६ का ३२ वर्षीय विकास बानियाँ र पोखरा–१९ का ३१ वर्षीय सञ्जिव भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घाइतेको रत्नहरी मेमोरियल अस्पताल दमौलीमा उपचार भइरहेकोे

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 372 पटक पढिएको
  • हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    झापा  ।  झापाको कमल गाउँपालिका-२ स्थितमा जंगली हात्तीको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ ।हिजो राती साढे ११ बजे स्थानिय ५८ बर्षीया खड्ग माया लिम्बु छिमेकीको भुई तले झुप्री घरमा सुति रहेको अवस्थामा नजिकै रहेको जंगलबाट जंगली हात्ती आई आक्रमण गर्दा लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको हो । मृतक लाशलाई पोष्टमार्टमको लागि दमक अस्पताल पठाईको छ भने, स्थानिय बासी र प्रहरीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटिएको छ ।

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 257 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा