काठमाडौं— सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण नगरी घुस दिएर लाइसेन्स लिएकाहरू यतिबेला बिचल्लीमा परेका छन् । न लाइसेन्स हातमा न रोजगारीको अवस्था रहँदा उनीहरूको बिचल्ली भएको हो । 

मोटो रकम दिएर लाइसेन्स लिएकाहरूको लाइसेन्स नवीकरण नहुँदा उनीहरूको पेसा पनि सकिएको छ ।