समाचार

    Showing 11,161-11,170 of 19,757 items.
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ उपसचिवको सरुवा गर्यो

    काठमाडौँ । २९ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार शहरी विकास मन्त्रालयका उपसचिव सी.डि.इ. विजय रानाको गृह मन्त्रालयमा सरुवा भएको छ भने सहरीकै उपसचिव सुरेश कुमार वाग्लेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयका सी.डि.इ. मोहदत्त भट्टको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालयका सी.डि.इ. जितेन्द्र प्रसाद शर्माको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठाइएको छ भने श्रम, रोजगार तथा साम

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 228 पटक पढिएको
  • आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु

    काठमाडौं । अर्घाखाँचीमा आगोमा जलेर एक बालिकाको ज्यान गएको छ। भूमिकास्थान नगरपालिका–५ असुरकोटस्थित सोमबार दिउँसो आगलागी हुँदा जलेर ४ वर्षीया अप्सरा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।असुरकोटको कुंडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी बिकको जलेर मृत्यु भएको हो। अरू सदस्य घरबाहिर रहेको र बालिका घरभित्र रहेको बेला घरमा आगलागी भएको प्रहरीले जनाएको छ।आगलागीपछि घरभित्र रहेकी बालिका जलेको अवस्थामा भेटिएकी थिइन्। आगलागीबाट खिमबहादुर बिक र बारबहादुर बिकका दुइटा घर र गोठ जलेर नष्ट भएका छन्।

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 261 पटक पढिएको
  • लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

    झापा  ।  झापामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ। सोमबार साँझ झापाको झापा गाउँपालिका–३ कामाटोलीमा प्रहरीले गोली चलाएर झापा गाउँपालिका–४ का २५ वर्षीय सरिफुल आलमलाई नियन्त्रणमा लिएको हो।सोमबार साँझ कामाटोलीस्थित अक्कल बहादुर विश्वकर्माको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको प्रहरीले जनाएको छ।सूचनापश्चात जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त टोली सो घरमा पुगेको थियो। अकस्मात प्रहरी देखेपछि आलमले खुकुरी र दाउ निकालेर प्रहरीमाथि आक्रमण प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीले चलाएको गोली आ

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 313 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली र देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ।दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 234 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।देशका केही भू–भागमा आज हावाहुरीको सम्भावना छ । लुम्बिनी, मधेस र कोसी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको हो । बाँकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग

    • प्रकाशित मितिः वैशाख १७, २०८१
    • 259 पटक पढिएको
  • मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

    काठमाण्डौ  ।  पाल्पाको तिनाउ गाउँपालिका-२ सिसखोलामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दोभान कचल सडक खण्डमा शनिवार भएको दुर्घटनामा मोटरसाइकल चालक रैनादेवी छहरा गाउँपालिका ७ जुठापौवाका जग बहादुर बलालको मृत्यु भएको हो ।मोटरसाईकलमा केरा लिएर बिक्रिको लागि बुटवल जाँदै गरेका बलालको घटनास्थलमै मृत्यु भएको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए ।मृतक ४५ वर्षीय बलालको शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • 259 पटक पढिएको
  • कतारमा ६ सय बढी नेपाली अलपत्र

    काठमाडौं। रोजगारीका कतार पुगेका ६ सय बढी नेपाली कामदार अलपत्र अलपत्र परेका छन् ।कतारको अल जावर पार्टनर्स् कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब नपाएपछि अलपत्र अवस्थामा रहेका छन् । कम्पनीले तलब दिने भनेर झुक्याएको र अहिले आफूहरूसँग खाना खाने पैसा पनि नभएको उनीहरूले बताएका छन् ।उनीहरू समस्यामा परेको जानकारी पाएपछि गैरआवासीय संघ (एनआरएनए) कतारले सुरुमा केही खाद्यान्न सामग्री उपलब्ध गराएको थियो, ‘सुरुमा हामी आफैं गएर खाद्यान्न बाँड्यौं,’ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थीले भने, ‘त्यसपछि कतारको मिनिस्ट्री अफ लेवर डिपार्ट

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • 207 पटक पढिएको
  • बाग्लुङबाट पोखरा जादै गरेको बस दुर्घटना

    काठमाण्डौ  ।  बागलुङबाट पोखरा जादै गरेको बस शनिवार साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ ।पोखराको हेम्जामा तनहुँ राईपुरदेखि बाग्लुङ पन्चकोट पुगेर आएको बस डिभाईडरमा ठोकिएर दुर्घटना भएको छ । ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको बताएको छ ।घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७:३० ब

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • 340 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखी साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखी मौसम मुख्यतया सफा रहेको छ। दिउसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भा

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • 232 पटक पढिएको
  • इलामको मतदान सम्पन्न, मतगणनास्थलमा लगाइयो तारजाली,आजैबाट गणनाको तयारी

    झापा । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ । शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा इलाम क्षेत्र नम्बर २ मा ५७ प्रतिशत हाराहारी मतदान भएको छ भने बझाङको प्रदेश सभा १ मा ४८ प्रतिशत हाराहारी मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमै मतदान सकिएको छ। घिमिरेका अनुसार इलाम २ मा १ लाख १५ हजार ८८९ मतदातामध्ये करिब ६६ हजार मत खसेको छ। करिब ५५ प्रतिशत मत खसेको आकलन गरिएको छ।इलामका एउटा मतदान केन्द्रमा सामान्य विवाद बाहेक अन्य सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतद

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • 253 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा