काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागिता जनाउने क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीको यो सहभागिता ऐतिहासिक मानिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालबाट एससीओ सम्मेलनमा यस्तो उच्चस्तरीय प्रतिनिधित्व यो पहिलोपटक हो। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा क्षेत्रीय सहयोग, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा साझा चासोका राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

सन् २००१ मा स्थापन भएको एससीओको मुख्य उद्देश्य क्षेत्रीय स्थिरता र आपसी सहकार्य प्रवर्द्धन गर्नु हो। हालसम्म चीन, काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, उजबेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस गरी १० देश यस संगठनका पूर्ण सदस्य छन्।

नेपाल सन् २०२० देखि एससीओको सम्वाद साझेदार राष्ट्रको रुपमा आबद्ध भइसकेको छ। सम्मेलनमा प्रधानमन्त्री ओलीको सहभागिता नेपालको क्षेत्रीय कूटनीति र बहुपक्षीय साझेदारी सुदृढ गर्न महत्वपूर्ण मानिएको छ।