काठमाडौं— नेपालबाट हराएका २४ मूर्ति एक अमेरिकी महिलाले फिर्ता गरेकी छन्। हवाई राज्यमा बसोवास गर्ने सुसन ब्राडफोर्डले वासिङटनस्थित नेपाली दूतावाससँग समन्वय गरेर ती कलाकृति फिर्ता गरेकी हुन्। उनले एक महिनाअघि मूर्तिका फोटोसहित दूतावासलाई पत्राचार गरेर फिर्ता दिन चाहेको जानकारी गराएकी थिइन्। त्यसपछि दूतावासले परराष्ट्र मन्त्रालय हुँदै पुरातत्व विभागलाई सो पत्र पठायो। विभागले नेपाली शैलीका मूर्तिकला छुट्याएर यकिन गरेपछि महिलालाई जानकारी गराइएको थियो। त्यसपछि उनले मूर्ति फिर्ता गरेकी थिइन्। प्रक्रिया पुगेपछि २२ जेठमा परराष्ट्र मन्त्रालय हुँदै मूर्ति फिर्ता गरिएको थियो। पुरातत्व
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।दिउसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू—भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ
काठमाडौं- नेपाल समाजवादी पार्टीका नेता एवं गण्डकी प्रदेश सभाका पदमुक्त सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा आइतबार पेसी तोकिएको थियो। मुद्दामा धेरै कानुन व्यवसायीले बहस गर्न बाँकी भएपछि हेर्दाहेर्दैमा राखिएको हो। देवकोटाले आफूमाथि गरिएको कारबाही बदरको माग गर्दै सर्वोच्चमा गन असार ६ गते रिट दायर गरेका थिए। उनको मुद्दा आइतबार चौथो नम्बरमा पेसी चढेको थियो। पार्टीको ह्वीप उल्लघंन गरेको भन्दै माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दललले देवकोटालाई कारबाही गर्न प्रदेश सभाको सं
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै क
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम गरिरहेका छन्।बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतका कर्मचारीबाट प्राप्ताङ्कलाई समेत रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक पौडेलले बताए। प्राप्ताङ्क रुजु गर्ने काम ३०/४० प्रतिशतजति सकिएको छ। यो सकिएपछि फेरि
ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहले गोलिया काठ ओसार–पसार गर्नमा रोक लगाएका छन् । ग्रामीण क्षेत्रका सडक जोगाउन स्थानीय तहहरुले गोलिया ओसार पसारमा रोक लगाएका हुन् ।जिल्लाको आठराई त्रिबेणी गाउँपालिकाले असार ८ गते शनिबारदेखि आगामी असोज मसान्तसम्मका लागि गोलिया ओसार पसार गर्न रोक लगाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले शुक्रबार सूचना जारी गर्दै गोलिया ओसार पसार गर्न रोक लगाएको उल्लेख गर्नुभएको छ ।ग्रामीण क्षेत्रका कच्ची सडकहरू बर्खा याममा झन् बिग्रिने हुँदा गोलिया ढुवानी तथा ओसार पसार गर्न रोक लगाएको सूचनामा उल्लेख छ । कच्ची सडक बिग्रिएपछि यात्रु
काठमाडौं । तीन नेपाली क्रिकेटरले क्यानाडाको टी-२० लिग खेल्ने भएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानाडा क्रिकेट लिग खेल्ने भएका हुन् ।ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् । नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् । सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानाडामा लिग खेलिसकेका छन् । ऐरी यूएईको आईएल टी-२० लिगमा पनि रिटेन भएका छन् ।
काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो दोस्रो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ ।अमेरिकाले दिएको १२९ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले एक विकेटको क्षतिमा १०.५ ओभरमै पूरा गरेको हो ।सहज जित निकाल्ने क्रममा वेस्ट इन्डिजका ओपनर शाही होपले ३९ बलमा ८ छक्का र ४ चौका मद्दतमा ८२ रनको अविजित इनिङ खेले ।अर्का ओपनर जोनसन चार्ल्स १५ रनमा आउट हुँदा निकोलस पुनर घ छक्का र एक चौकासहित २७ रनमा अविजित रहे ।अमेरिकाका हरमीत सिंहले एक विकेट लिए । यसअघि ब्रिजटाउनमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १९.५ ओभरमा १२८ रनमा अलआउट भएको थयो । अमेरिकाका एन्ड्रिस
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, वाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिक बदली छ । दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदे
काठमाडौं । नाबालिकालाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौंको ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा २०८० कात्तिकदेखि नाबालिकाहरूलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृत्तीमा लगाउने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका-८ घर भई टोखा बस्ने ४१ वर्षीय रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई सातदोबाटो बस्ने ३३ वर्षीया मखमली माया स्याङतान छन्।गुरुङले आर्थिक अवस्था कमजोर भएका विशेषगरी ग्रामीण क्षेत्रका नाबालिकाहरुलाई टिकटकबाट कुराकानी गरी राम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.