काठमाण्डौ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी
काठमाडौँ- माइतीघर सधै मानिसको चहलपहल भइरहने ठाउँ हो। बाक्लो सुरक्षाकर्मी रहने क्षेत्रमा आज एउटा अनौठो घटना घट्यो। दिउँसोको कुरा हो। माइतीघर मण्डलाको राष्ट्रिय झण्डा राखेको पोलमा चढिन्, अनि हामफाल्न खोजिन्। हत्तपत्त उनलाई पोलबाट प्रहरीले झार्यो। पोलबाट झारेर उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको छ। उनी थिइन्, आरती गिरी। केही महिना अघि मात्रै उनले श्रीमान्माथि बलात्कारको मुद्दा हालिन्। उनका श्रीमान् न्यायाधीश भुवन गिरी दोषी ठहर भएर अहिले कारोगारमा छन्। आफ्नो मन्जुरी बिना
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा रहेको नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको जानकारी गराएका छन् । मङ्गलबार प्रतिनिधि सभामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफ दिने क्रममा उनले आफूले युद्धमा रहेका नेपालीसँग राति १२ बजे कुरा गर्ने गरेको पनि जानकारी गराएका हुन् ।सांसद शाहीले देशमा सरकार र प्रधानमन्त्री छ भन्दै गरेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले भने, ‘एक जना माननीय सदस्यले राख्नुभयो, नेपालमा प्रधानमन्त्री छ कि छैन, रुसी सेनामा गएका नागरिक ल्याउन के भएको छ भनेर राख्
मोरङ— मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन् ।सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको हो ।बाढीमा बगेका चारमध्ये एक जनाको उद्दार भएको छ । एक जनाको शव भेटिएको छ ।दुई जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।माछा मार्ने क्रममा बगेकी सुन्दरहरैचा– ५ की २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्दार गरेका छन् । २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनार
काठमाडौं— प्रधानमन्त्री प्रचण्डले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान रहेको स्पष्ट पारे।राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको बताउँदै प्रधानन्त्री प्रचण्डले मुलुकको हित र कूटनीतिलाई मजबुत बनाउन व
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताए ।विदेशमा हुने मृत्यु तथा कानूनी सजायका सम्बन्धमा उक्त मुलुकको कानून बमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक निरूपणमा केही समय लाग्ने भएकाले नेपाली नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन कतिपय अवस्थामा केही समय लाग्ने भएपनि नियोगहरूबाट यस प्रकार
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेशमा वर्षा भइरहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागम
काठमाडौं । सशस्त्र प्रहरी बलका १८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएका छन् ।सशस्त्र हेडक्वाटरले निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरेको हो।डीएसपीहरुलाई २०८० असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सूचीको आधारमा सरुवा गरिएको सशस्त्र हेडक्वाटरले जनाएको छ ।सरुवा भएका एसपीहरु :सरुवा भएका डीएसपीहरू :
काठमाडौं– गृहमन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदमा बढुवाका लागि सिफारिस गरेको छ ।गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सोमबार बिहान भएको बैठकले पोखरेललाई जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।पोखरेललाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप नियम (४) अनुसार सिफारिस गरिएको जनाइएको छ ।उनको दरबन्दी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्साल रहेको छ ।
कैलाली— कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाको बैठकमा उपप्रमुख कन्दकलाकुमारी रानाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाखको बजेट प्रस्तुत गरेकी हुन्।बैठकले नगरप्रमुख गोपाल हमालले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख रानाले प्रस्तुत गरेको बजेट पारित गरेको छ।उपमहानगरले आगामी वर्षका लागि ल्याएको बजेट चालू वर्षको भन्दा २५ करोड ७४ लाख रुपैयाँले बढी हो। आगामी आर्थिक वर्षका लागि चालूतर्फ एक अर्ब २० करोड १५ लाख र पुँजीगततर्फ ९८ करोड २६ लाख विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिएकी छ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.