समाचार

    Showing 10,941-10,950 of 25,723 items.
  • बेबारीसे अवस्थामा लागू औषध गाँजा बोकेको कार नियन्त्रणमा

    उदयपुर— उदयपुरको बेलका नगरपालिका–२ स्थितबाट प्रहरीले बेबारीसे अवस्थामा लागू औषध गाँजा बोकेको कार नियन्त्रणमा लिएको छ । भदौ २ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहा उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले जगना खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा.२१ च१८११ नम्बरको कारबाट २ बोरा र खोला किनारबाट ७ वटा बोरामा प्याक गरी राखेको २ सय ४० किलोग्राम लागू औषध गाँजा सहित कारलाई नियन्त्रणमा लिएको हो ।उक्त कार र गाँजा ओसार पसारमा संलग्न ब्यक्तीहरुको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खोज तलास तथा थप अनुसन्धान भई रहेको छ । यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले धरान उप-

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 745 पटक पढिएको
  • स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन मन्त्री र सचिवहरूबिच कार्यसम्पादन सम्झौता

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मन्त्रालयका सचिवहरूबीच कार्यसम्पादन करारमा हस्ताक्षर भएको छ। बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटा र प्रशासन सचिव डिल्लीराम शर्मासँग एक वर्षे कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नीतिगत सुधारले मात्र पर्याप्त नहुने, त्यसको कार्यान्वयन तल्लो तहसम्म पुगेर नागरिकले अनुभूति गर्न पाउनुपर्नेमा जोड दिए। उनले जनताको सन्तुष्टिलाई केन

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 739 पटक पढिएको
  • साफ यु–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्दै

    काठमाडौं—  भुटानको थिम्पुमा आजदेखि सुरु हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भारत भिड्दैछन् । नेपाल–भारत बिचको खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ भने नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रन तयार छ । आजै हुने दोस्रो खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।यही भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोगजक भुटानसहित, नेपाल, भारत र बंगलादेश सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नेछन् । यस खेलको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले भदौ १३ गते भारतसँग, १५ गते भुटानसँग तथा भदौ ८ र ११ गते बङ्

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 702 पटक पढिएको
  • जसपा नेपालद्वारा जनकपुरधाममा विरोध प्रदर्शन

    जनकपुर— जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा सरकारविरुद्व प्रदर्शन गरेका छन् ।मंगलबार जनकपुरधामको जनक चोकमा सडक अवरुद्ध गर्दै उनीहरुले ओली सरकार मुर्दावाद, झुठो मुद्या खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका छन् ।जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम मधेश प्रदेश सभा सदस्य रामअशिष

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 754 पटक पढिएको
  • जोशी हाईड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप

    काठमाण्डौ— जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप गरिएको छ ।सुरुमा आवेदन दिने म्याद भदौ ४ गतेसम्म तोकिएको भए पनि माग अनुसार पर्याप्त आवेदन नपरेको भन्दै कम्पनीले भदौ १९ गते सम्मका लागि समयावधि थप गरेको हो । हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर (१ः०.६५ अनुपातमा) १०० रुपैयाँ अंकित दरमा जारी गरेको छ ।कम्पनीले हकप्रद निष्कासनका लागि असार ८ गते बुक क्लोज गरेको थियो, जसअनुसार असार ७ गतेसम्म नेप्सेमा शेयर किनेकाले मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् ।यस हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 764 पटक पढिएको
  • मकवानपुरमा चट्याङ पर्दा १ जनाको मृत्यु, ११ जना घाइते

    मकवानपुर— मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा मंगलबार साँझ चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।वडाध्यक्ष युवराज थपलियाका अनुसार मानबहादुर घलानको घरमा भइरहेको अन्तिम किरिया (घेवा)का क्रममा परेको चट्याङले ४६ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको हो।घटनामा घाइते भएकामध्ये १२ वर्षीय सुजन घलान, १२ वर्षीया वर्षा घलान, १६ वर्षीय सन्तोष घलान, ७२ वर्षीया सानुमाया घलान, ३७ वर्षीय राजकुमार घलान, ३२ वर्षीया शान्ति घलान र उनकी २ वर्षीया छोरी सारा घलान रहेका छन्। त्यस्तै ५० वर्षीय प्रमाणसिंह तितुङ, ४४ वर्षीय पानबहादुर मुक्तान, ३४ वर्षीय प्रेमबहादुर घलान र १२ वर्षीय आर्यन त

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 525 पटक पढिएको
  • आज पाँच वटा समितिको बैठक बस्दै

    काठमाडौं— प्रतिनिधि सभा अन्र्तगत आज पाँच वटा समितिको बैठक बस्ने भएको छ । बुधबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको पारित प्रतिवेदनमाथि थप छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । यस्तै, आज बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल गरिने भएको छ । बैठक भने बिह

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 637 पटक पढिएको
  • सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती

    काठमाडौं— सीमा क्षेत्रहरुमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्री वाङ यी बिच मंगलबार नयाँ दिल्लीमा भएको भेटवार्तामा यस्तो सहमती भएको हो ।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र केन्द्रीय विदेश आयोग कार्यालयका निर्देशक समेत रहेका वाङले आफ्नो दिल्ली भ्रमणका क्रममा मोदीसँग भेट गरेका हुन् ।सीमा प्रश्नको सन्दर्भमा, दुवै पक्षले नियमित व्यवस्थापन र नियन्त्रण सञ्चालन गर्ने, सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्ने सहमती गरेका हुन् । यस्तै, संवेदनशील बिन्दुहरूलाई उचित रूपमा सम्हाल्ने र सीमा

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 720 पटक पढिएको
  • आज पनि घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको सुन आज १ लाख ९३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरेको छ । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  । मंगलबार २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 778 पटक पढिएको
  • आज प्रतिनिधि सभाको बैठक बस्दै, बैठकमा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

    काठमाडौं— संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । बुधबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरूले सोधेका  प्रश्नको जवाफ दिने कार्यसूचीमा तय गरिएको छ । यस्तै, आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी, ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 718 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.