काठमाडौं— सीमा क्षेत्रहरुमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्री वाङ यी बिच मंगलबार नयाँ दिल्लीमा भएको भेटवार्तामा यस्तो सहमती भएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र केन्द्रीय विदेश आयोग कार्यालयका निर्देशक समेत रहेका वाङले आफ्नो दिल्ली भ्रमणका क्रममा मोदीसँग भेट गरेका हुन् ।
सीमा प्रश्नको सन्दर्भमा, दुवै पक्षले नियमित व्यवस्थापन र नियन्त्रण सञ्चालन गर्ने, सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्ने सहमती गरेका हुन् । यस्तै, संवेदनशील बिन्दुहरूलाई उचित रूपमा सम्हाल्ने र सीमा वार्ता सुरु गर्ने विषयमा समेत दुबै पक्षले नयाँ सहमति भएको विदेशमन्त्री वाङले बताएका छन् ।
आफ्नो भारत भ्रमणलाई दुई देशहरू बीचको उच्चस्तरीय आदानप्रदानको तयारी भन्दै वाङले भ्रमणको क्रममा भने कि चीन र भारत विभिन्न क्षेत्रमा वार्ता संयन्त्र पुनः सुरु गर्ने, पारस्परिक रूपमा लाभदायक सहयोगलाई गहिरो बनाउने, बहुपक्षीयतालाई कायम राख्ने, विश्वव्यापी चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने र एकपक्षीय धम्की दिने कुरामा सहमतिमा पुगेका छन् ।
भेटका क्रममा मोदीले भने कि भारत र चीन दुवै प्राचीन सभ्यता हुन्, र उनीहरूले मैत्रीपूर्ण आदानप्रदानको लामो इतिहास भोगेका छन्, र गत अक्टोबरमा दुई देशका नेताहरू बीचको कजान बैठक द्विपक्षीय सम्बन्धको सुधार र विकासको लागि एक महत्वपूर्ण मोड साबित भयो ।
भारत र चीन प्रतिद्वन्द्वी होइनन्, साझेदार हुन्, र द्रुत वृद्धि हासिल गर्ने एउटै लक्ष्य साझा गरिरहेका छन्, र आदानप्रदान बढाउनु पर्छ । आपसी समझदारीलाई प्रवद्र्धन गर्नु पर्छ र सहयोग विस्तार गर्नु पर्छ, भन्दै द्विपक्षीय सहयोगको विशाल सम्भावना र उज्ज्वल भविष्यलाई सम्पूर्ण विश्वले बुझ्न सक्नेमा मोदीले जोड् दिएका छन् ।