समाचार

    Showing 10,921-10,930 of 25,723 items.
  • जुट प्रयोगलाई बढावा, प्लास्टिक झोलामाथि प्रतिबन्ध ल्याउने ललितपुर महानगर तयारी

    ललितपुर— ललितपुर महानगरपालिकामा जुटबाट बनेका सामग्रीहरुको प्रवद्धन गर्ने हिसाबले कोशा पसलको उद्घाटन भएको छ । बुधबार उक्त पसलको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले गरेका हुन् ।  सोही क्रममा उनले ललितपुर महानगरपालिकामा प्लास्टिकको झोला ब्याण्ड गर्न लागेको जानकारी गराउदैँ त्यसको सट्टामा कपडाको झोला वितरण गर्ने बताए ।उनले ललितपुर महानगरपालिकाभित्र ७७ हजार घर भएको भन्दै प्रत्येक घरमा एउटा झोला वितरण गर्ने पनि बताए । ‘ललितपुर महानगरपालिकामा हामीले प्लास्टिकको झोला ब्याण्ड गर्दै छौँ, त्यसको लागि हामीले टेण्डर निकालेर लोकल्ली मेटेरियल प्रयोग गरेर कपडाको झोला बनाइ सकेका

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 789 पटक पढिएको
  • दुर्गम मना गाउँमा राहत बनेको ग्राभिटी रोपवे

    बाजुरा—  ग्राभिटी रोपवेले बडिमालिका नगरपालिका–५ मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याएको छ । २०७३ सालमा निर्माण भएको बडिमालिका ग्राभिटि रोपवे मना गाउँका बासिन्दाको लागि वरदान सावित बनेको हो । भौगोलिक रूपमा विकट र भिरालो क्षेत्रमा अवस्थित मना गाउँका स्थानीयको लागि रोपवेले ठूलो सहयोग गर्दै आएको छ । गाउँका स्थानीयको सरसामान ओसारपसार गर्न ग्राभिटि रोपवे उनीहरुको लागी वरदान सावित बन्न पुगेको हो । रोपवे नबन्नु अघिसम्म झन्डै तीन घण्टा उकालो बाटो पार गरेर उपभोग्य सामग्री पिठ्युँमा बोकेर लिनुपर्ने बाध्यता रोपवे बनेपछी सहज बनेको हो ।युरोपेली युनियन,प्राक्टिकल एक्सनको आर्थिक तथा प्रावि

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 516 पटक पढिएको
  • युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण, १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी

    काठमाडौं— युक्रेनी सैन्य केन्द्रहरुमा रुसले आक्रमण गर्दा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको रुसले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको प्रतिवेदन अनुसार, विगत २४ घण्टामा, रुसी सेनाले खार्कोभ, जापोरिजिया र खेरसन सैनिक केन्द्रहरूमा आक्रमण गरेको छ । जसमा १,३०० भन्दा बढी युक्रेनी सैन्य कर्मचारीहरू मारिएका छन् र घाइते भएका छन् ।आक्रमणहरूले ट्याङ्क, बख्तरबंद सवारी साधन, रकेट लन्चर, इलेक्ट्रोनिक युद्ध स्टेशन, गोलाबारुद डिपो र अन्य धेरै लक्ष्यहरू नष्ट गरेको रिपोर्ट गरिएको छ । प्रतिवेदनमा यो पनि भनिएको छ कि रूसी वायु रक्षा बलहरूले एउटा रकेट र २१७ फिक्स्ड–विङ ड्रोनहरू खसालेका छन् ।यद्यपी,

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 692 पटक पढिएको
  • जसपा नेपालद्वारा जनकपुरधाममा प्रधानमन्त्रीको पुतला दहन

    जनकपुर— जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा क्रमशः तेस्रो दिन पनि सरकारविरुद्व प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहनसमेत गरेको छ ।बुधबार जनकपुरधामको भानु चोकमा सडक अवरुद्ध गर्दै उनीहरुले ओली सरकार मुर्दावाद, झुठो मुद्या खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका छन् ।जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जनता समाजवादी पार्ट

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 466 पटक पढिएको
  • नेपालको भूमि संरक्षणमा लिपुलेक सम्झौता बाधक बन्ने खतराः डा. भट्टराई

    काठमाडौं— पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितका निम्ति गम्भीर चिन्ता र चासोको विषय भएको बताएका छन् ।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेपालले दाबी गर्दै आएको, भारतले समेत विवादित मानेको र चीनले नेपालसँग परामर्श गरेर मात्र निर्णय गर्ने भनेको क्षेत्रमा दुई छिमेकीले एकतर्फी सम्झौता गर्नु नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती भएको धारणा राखे । उनले लेखेका छन्,‘ नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 540 पटक पढिएको
  • पूर्वउपाध्यक्ष भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै

    काठमाडौं – पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै छिन् ।भण्डारीले सम्पर्क कार्यालयमार्फत आफ्नो प्रचारलाई अघि बढाउन लागेकी हुन् । बानेश्वरस्थित थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ ।दिउँसो २ बजे राखिएको उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने छन् । विद्याले २०५१ सालको चुनाव प्रचार प्रसारको लागि त्यही घर प्रयोग गरेकी थिइन् ।

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 588 पटक पढिएको
  • सर्लाहीमा महिला अधिकारकर्मीको धर्ना जारी, ‘बहुविवाहलाई प्रोत्साहन दिने कानून सहदैनौं’

    सर्लाही – सर्लाहीको सदरमुकाम मलंगवामा महिला अधिकारका लागि दबाब अभियान अन्तर्गत धर्ना जारी छ। जिल्ला महिला अधिकारकर्मीहरूले दुई दिनदेखि सहीद चोकमा धर्ना बसेका हुन्।धर्नामा सहभागीहरूले ‘बहुविवाह सहदैनौं’, ‘नारी शोषण बन्द गर’, ‘महिलाको संवैधानिक अधिकार सुनिश्चित गर’, ‘मेरो शरीर मेरो अधिकार’ जस्ता नारा लेखिएका पर्चा बोकेका थिए। सरकारले बहुविवाहलाई बढावा दिने गरी नयाँ कानून ल्याउन लागेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।महिला मानव अधिकार रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झाका अनुसार महिलामाथि थप पीडा पार्ने गरी कानुन ल्याउने तयारी भएपछि देशव्यापी अभियानको भागस्वरूप सर्लाहीमा पनि धर्ना कार्यक

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 498 पटक पढिएको
  • सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

    रामेछाप – रामेछापबाट ओखलढुङ्गा जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्रुले हैरानी खेपेको विषयलाई लिएर भएको छलफलमा निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ।पुरानो संरचना भत्काएर लथालिङ्ग पारिदिँदा रामेछाप र ओखलढुङ्गाको लिखु किनार हुँदै काठमाडौं आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको थियो। अवस्था गम्भीर बनेपछि जिल्ला प्रशासन कार्यालय रामेछापको अगुवाइमा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठलगायत जनप्रतिनिधि, राजनीतिक दलका नेता, सडक आयोजना कार्यालय, निर्माण कम्पनीका

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 446 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको पहाडी भूभागका केहि स्थानहरूमा भारी वर्ष

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 309 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २९ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७२ रुपैयाँ ११ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १८ पैसा र बिक्रीदर १०० रुप

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 474 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.