काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको पहाडी भूभागका केहि स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, मधेश, बागमती र गणडकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा रहनुको साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केहि स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।