काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन्। अध्यक्ष ओलीले भने, 'हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धात्मक आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।'मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठुला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ ? भन्ने प्रश्नमा ओलीले संविधान जारी हुने समय
झापा— झापाको विभिन्न क्षेत्रमा चोरी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा अर्जुनधारा नगरपालिका ११ बस्ने दुर्गा देवी श्रेष्ठको घर र सोही ठाउँको उमा श्रेष्ठको घरमा मङ्गलबार चोरी गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । बिर्तामोड नगरपालिका ५ नयाँ नमुना टोल बस्ने गङ्गा काफ्ले पौडेलको घरमा जेठ २१ गते चोरी गर्ने गिरोहसमेत उनीहरू भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका ३ बस्ने वर्ष २२ को सुस्मन थापा, सोही ठाउँका वर्ष २७ को कृष्ण थापा, वर्ष ४३ को अर्जुन विश्वकर्मा, नितेश बराइली, मेचीनगर नगरपालिका १० बस्ने वर्ष ४० को सुरेशकुमार दास र झापा अर्जुनधार
काठमाडौं— नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार बिहान बसेको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको समझदारी अनुमोदन गर्दै सो निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 'हामी सबैभन्दा ठुला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले सँगै सरकार बनाउने भनेपछि स्वभाविकरुपमा सम्माननीय प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ, गर्न उपयुक्त हुन्छ, यो हाम्रो निर्णयमा आएको छ । अरू दलको समेत समर्थन घोषणा भइरहेको छ,
रौतहट—ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध नशालु इन्जेक्सनसहित दुई जना भारतीय नागरिकलाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार र सोही ठाउँ वडा ३ का १८ वर्षीय अमीत कुमार रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डीएसपी गेहेन्द्र भण्डारीले बताएका छन्।गएराति ९ बजेको समयमा गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना १ज ७१०९ नम्बरको म्याजिक गाडी चेक जाँच गर्दा दुवैजनाले सिट मुनी लुकाइराखेको प्रतिबन्धित नोरफिन इन्जेक्सन २९९ एमपुल, प्रोमेथाजिन इन्जेक्सन २९९ एमपुल र डाईजीपाम ३०० एमपुल गरी कुल ८९८ थान नश
बारा— रामराजामोहन विक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।बारागढी गाउँपालिका–५ चरमन्तपथरा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए। उनको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, उक्त पेस्तोलमालाग्ने एक राउण्ड गोली र म्याग्निज एक थान बरामद गरेको प्रहरीले जनाएको छ।कुशवाहाको आदर्श कोतवाल गाँउपालिका–३ बतरा र भटिनियाको बीचमा पर्ने मन्दिर अगाडि गत जेठ ३२ गते हत्या
काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।महाशाखाले अहिले देशभर साधारणदेखि पूर्णतया बदली रहेको जनाएको छ । बागमती, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश
काठमाडौं— सरकारले नुनको मूल्य बढाएको छ । हरेक भान्सामा नियमित प्रयोग हुने आयोनुनको मूल्य एकैपटक ३० प्रतिशतले बढेको हो । अब नुन किन्ने उपभोक्ताले किलो मै ६ रुपैयाँ बढी तिर्नुपर्ने छ । नुन आयातको एकाधिकार पाएको सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यसअघि प्रतिकेजी २० रुपैयाँ खुद्रा मूल्य तोकेकोमा अब २६ रुपैयाँ पुर्याएको हो। तर, २० रुपैयाँ खुद्रा मूल्य छँदा नै उपभोक्तालाई २५ रुपैयाँमा बेच्दै आएका व्यापारीले अब बढाएर असुल्ने चिन्ता छ।साल्ट ट्रेडिङ सञ्चालक समितिको मंगलबारको बैठकले मंगलबारै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि हुने निर्णय गरेको हो। साल्ट ट्रेडिङका प्रवक्ता
काठमाडौं— सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज असार १८ गते फेरि सुनुवाइ हुने भएको छ ।लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।यही असार सात गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए । गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा १८ असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको थियोे
काठमाडौं— रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको भएको जानकारी दिए ।जिपमा १५ यात्रु थिए । चालकसहित ८ जना घाइते छन्। माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानान सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।
काठमाडौं— कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् ।ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो । खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरेका छन् ।छलफलमा सहभाग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.