समाचार

    Showing 10,911-10,920 of 25,723 items.
  • भन्सार छलीका सामानसहित बोलेरो गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

    सिरहा — सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गण सिरहाको गस्ती टोलीले भन्सार छलीका सामग्रीसहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ।गएराति करिब ९ः३० बजे मिर्चैया नगरपालिका–९ स्थित घुर्मी पुल नजिक पूर्व–पश्चिम राजमार्गमा जाँचका क्रममा सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले स १ च १०४८ नम्बरको सिंगल क्याप बोलेरो गाडी नियन्त्रणमा लिएको हो।गाडीमा कुनै बिलबिजकबिना ल्याइएको ४० बोरा चिनी, २० बोरा कविर सुर्ती र ५ बोरा केराउ फेला परेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए। उनका अनुसार फेला परेका सामग्रीको अनुमानित मूल्य करिब

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 748 पटक पढिएको
  • सरकारसँग राखे ५ बुँदे माग राख्दै निजी विद्यालय सञ्चालकहरू सडकमा प्रदर्शन

    काठमाडौं— काठमाडौंको माइतीघर मण्डलामा निजी विद्यालयका संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले ५ बुँदे माग राख्दै प्रदर्शन गरिरहेका छन् । विद्यालय शिक्षा विधेयकलाई अन्तिम रूप दिने तयारी भइरहेका बेला उनीहरूले ‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’ जस्ता प्लेकार्ड बोकेर विरोध जनाइरहेका हुन् । कम्पनी ऐनअन्तर्गत दर्ता विद्यालयलाई गैरनाफामूलक बनाउने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक–स्टेसनरी उपलब्ध गराउनुपर्ने र छात्रवृत्ति सम्बन्धी अधिकार विद्यालयलाई नै दिनुपर्नेजस्ता माग उनीहरूले राखेका छन् ।यसैबीच शिक्षा समितिले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र १०–

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 691 पटक पढिएको
  • भरतपुर अस्पतालमा सामाजिक सेवा एकाइमार्फत पाँच हजार बढीले लिए निःशुल्क उपचार

    काठमाडौं— चितवनको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत उनीहरुले यो सेवा लिएका हुन् । गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार र लक्षित वर्गको उपचारमा गरी उनीहरुले निःशुल्क वा छुटमा उपचार सेवा पाएका हुन् । रु चार करोड छ लाख ९५ हजार १० बराबरको सेवा प्रदान गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।  एकाइका प्रमुख रामहरि ढकालका अनुसार लक्षित वर्गमा चेपाङ्, बोटे, मुसहर, माझी, असाहाय र वेवारिसेहरु पर्ने गर्दछन् । उनीहरुले सो वर्षमा तीन हजार ४९ जनाले

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 765 पटक पढिएको
  • लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभागः परराष्ट्र मन्त्रालय

    काठमाडौं— परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको बताएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपालको संविधानमा समावेश आधिकारिक नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको उल्लेख गर्दै सरकार यस विषयमा अडिग रहेको बताएको हो । नेपालले भारत सरकारलाई सो क्षेत्रमा सडक विस्तार, सीमा व्यापारलगायत कुनै गतिविधि नगर्न बारम्बार आग्रह गर्दै आएको स्मरण गराइएको छ। साथै, विवादित क्षेत्र नेपालको भूभाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको मन्त्रालयले जनाएको छ ।नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिकरूपमा घनिष्

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 682 पटक पढिएको
  • दार्चुलामा जिप दुर्घटना हुँदा दस जना घाइते

    दार्चुला— दार्चुलामा जिप दुर्घटना हुँदा दस जना घाइते भएका छन् । घाइतेमध्ये चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।बिहीबार बिहान जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ गइरहेको ग ३ च ३३५१ रातो नम्बर प्लेटको जिप दुर्घटनामा परेको उनले बताए ।दुर्घटनामा परी नौगाड गाउँपालिका–३ का २५ वर्षीया गर्भवती महिला पार्वती टमटा, वडा नम्बर ४ का २६ वर्षीय मोहन ठगुन्ना, मार्मा गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीया अप्सरा महता र नौगाड गाउँपालिका–४ का ३५ वर्षीय उमेश ठगुन्ना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिए।यसैगरी, नौग

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 661 पटक पढिएको
  • बैतडीमा सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि

    बैतडी— जिल्लामा हालसम्म सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।दशरथचन्द नगरपालिकामा तीन, पुर्चौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।तीन महिनासम्म सञ्चालन हुने उक्त अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध समेत गरिएको छ । 

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 698 पटक पढिएको
  • आजदेखि ग्रिनल्यान्ड बास्केटबल सुरु हुँदै

    काठमाडौं— ग्रिनल्यान्ड आवासीय माविको आयोजनामा १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।प्रतियोगितामा ३ विधामा ५६ टिमको सहभागिता रहने छ ।  सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ टिमले भाग लिने छन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा जम्मा १ सय १ खेल हुनेछ ।प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने ग्रिनल्यान्डका सह–प्राचार्य विनोद घिमिरेले जानकारी दिए । विद्यालय प्रतियोगिताको पुरानो मध्येको एक ग्रिनल्यान्ड बास्केटबल २०६० सालदेखि सुरु भएको थियो । २०६२/६३ को जनआन्दोलन, २०७२ सालको महाभूकम्प र २०७५/७६ को कोभिड महाम

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 718 पटक पढिएको
  • बाजुराका प्रजिअ पाध्याको सरुवा

    बाजुरा— बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी  मेघनाथ पाध्याको सरुवा भएको छ । पाध्यालाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयलले जनाएको छ । त्यसै गरी बाजुरामा गणेश प्रशाद पौडेल आउने भएका छन । जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका पौडेललाई बाजुरा पठाएको छ । सरुवा भएका प्रमुख जिल्ला अधिकारी पाध्याले बाजुरेली जनताको सेवामा अन्य प्रजिअको भन्दा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका अधिकारीको रुपमा रहेका छन ।प्रजिअ पाध्या २०८१ असोज १३ मा हाजिर भएका थिए । बुधबार सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। उपसचिव प

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 689 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीकै मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँले बढेको हो।आज एक हजार तीनसय रुपैयाँले बढेर सुन तोलाको एक लाख ९४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको मूल्य एक लाख ९३ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर दुईहजार दुईसय ९० रुपैयाँ कायम भएकोे छ।

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 683 पटक पढिएको
  • लिपुलेकमा नेपालको अधिकारमाथि भारत असहमत

    काठमाडौं—  भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेका हुन् । विज्ञेप्तीमा भनिएको छ,‘लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो। दशकौँदेखि निरन्तर चलिरहेको छ। यस किसिमका दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी रूपमा कृत्रिम रूपमा भूभाग बढाएर दाबी गर्नु स्वीकार्य हुँदैन’बुधबार नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा समावेश आधिकारिक नक्साअनुसार लिम्पियाधुरा, लिप

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 543 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.