समाचार

    Showing 10,831-10,840 of 19,751 items.
  • आज प्रधानमन्त्रीमा केपी ओली नियुक्त हुँदै

    काठमाण्डौ  । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  ४५औँ प्रधानमन्त्री नियुक्त गर्दै छन्।प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए ।दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाइ प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ ।यसपटक ओलीलाई चौथो पटक प्रधानमन्त्री

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 333 पटक पढिएको
  • अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

    काठमाण्डौ  । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन्। शनिबार राति ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली चलेको हो। डोनाल्ड ट्रम्पमाथि गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कान नेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए । पेन्सिलभेनियामा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 438 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।बिहान कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिक देखि मुख्यतया सफा रही एक वा दुई स्थानमा हल्का वर्षा भैरहेको महाशाखाले जानकारी दिएको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती,

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 272 पटक पढिएको
  • त्रिशूलीमा खसेका बस र बेपत्ता यात्रुको बिहानैदेखि खोजी जारी

    काठमाडौं— नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसको खोजी पुनः थालिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले शनिबार बिहान खोजी गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार राति काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजी रोकिएको थियो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गए राति खोजीकार्य रोकिएको थियो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गर्ने बताए। काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदे

    • प्रकाशित मितिः असार २९, २०८१
    • 455 पटक पढिएको
  • भानुजयन्तीमा शुभकामना दिँदै राष्ट्रपतिले भने- चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्नुपर्छ

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।२११औँ भानु जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उल्लेख गरेका छन् ।आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त

    • प्रकाशित मितिः असार २९, २०८१
    • 281 पटक पढिएको
  • त्रिशूलीमा डुबेका बस बेपत्ता, झ्यालको पर्दा मात्रै भेटियो

    काठमाडौं— पहिरोले सोहोरेर शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुईवटा बस र त्यसमा सवार यात्रुको अवस्था अझै अज्ञात छ ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोरसहितको टोलीले दिनभर खोजी गरे पनि त्रिशूलीको पानीको तीब्र बेगका कारण समस्या भएको हो ।शुक्रबार दिनभर खोजी गर्दा एक ठाउँमा हुक अड्किए पनि बस या ढुंगो भन्ने पत्ता लाग्न सकेन । दिनभरको प्रयासमा प्रहरीले बसमा लगाइएका पर्दासहितका सामान फेला पारेको छ ।नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । त्यस्तै बसमा सवार केह

    • प्रकाशित मितिः असार २९, २०८१
    • 418 पटक पढिएको
  • नेपाली भाषाका आदिकवि भानुभक्तको २११ औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं— आज असार २९ अर्थात् भानुजयन्ती, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका विश्वका विभिभन्न देशमा विविध कार्यक्रम गरी शनिबार २११औँ भानुजयन्ती मनाइँँदै छ।आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए।भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा र रामगीता लगायत उनका थुप्रै फुटकर रचना

    • प्रकाशित मितिः असार २९, २०८१
    • 386 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको मौरम पूर्वानुमान महाशाखाले जनाएको छ ।बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेर

    • प्रकाशित मितिः असार २९, २०८१
    • 280 पटक पढिएको
  • गौर जाँदै गरेको गणपति डिलक्समा काठमाडौंबाट चढेका २७ यात्रुको नामावली

    काठमाण्डौ  ।  काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो ।काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ ।काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाड

    • प्रकाशित मितिः असार २८, २०८१
    • 483 पटक पढिएको
  • दुईटा बस त्रिशुलीमा खसे

    चितवन ।  नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहित आएको पहिरोले बगाएर त्रिशूली नदीमा दुईवटा बस बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५  जना रहेका  चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।यादवका अनुसार शुक्रबार बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको हो। प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१ र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, 'हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ

    • प्रकाशित मितिः असार २८, २०८१
    • 356 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा