काठमाडौं— नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडी (ईभी) को सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। बाढी र पहिरोका कारण रसुवागढी र तातोपानी नाका ठप्प भएपछि भारतमार्फत आउने ईभीको आयात बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो।

चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा नेपालले भारतबाट ८५ ओटा र चीनबाट ६० ओटा गरी कुल १६० ओटा चारपांग्रे ईभी आयात गरेको छ। गत वर्षको सोही अवधिमा चीनबाट २०२ र भारतबाट १७८ गरी कुल ३८१ ओटा ईभी आयात भएका थिए। यस वर्ष चीनबाटको आयात घट्दै गएको छ भने भारतबाटको आयात बढेको छ।

नाडा अटोमोबाइल्स एशोसिएशनका अनुसार, उत्तरतर्फका मुख्य व्यापारिक नाका रसुवागढी र तातोपानी बन्द भएपछि भारतबाट आउने ईभीको आयात बढेको हो। गत असार २४ मा लेहेन्दे खोलामा आएको बाढीले मित्तेरी पुल बगाएपछि रसुवागढी नाका पूर्ण रूपमा ठप्प बनेको थियो। यस्तै, तातोपानी नाका पनि पहिरोका कारण १८ दिनसम्म बन्द रहेको थियो।

उत्तरी नाका बन्द हुँदा वैकल्पिक मार्गका रूपमा भारत प्रयोग गरिँदा त्यहाँबाट हुने ईभी आयातमा सकारात्मक असर परेको देखिएको छ।