समाचार

    Showing 10,821-10,830 of 25,722 items.
  • ‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

    काठमाडौं— काभ्रेको बनेपा नगरपालिका–४ थापापाउँमा रहेको सगरमाथा ग्यास उद्योग प्रालिले उत्पादन गरिरहेको सगर ग्यासका तीन हजार ३० सिलिन्डर नष्ट गरेको छ ।मिति गुज्रिएका र हाइड्रोलिक टेष्ट फेल भएका तीन हजार बढी सगरका एलपी ग्यास सिलिन्डर आइतबार नष्ट गरिएको हो ।सगरमाथा ग्यास उद्योग प्रालिका संचालक सावरमल अग्रवालका अनुसार आफ्नो बार्षिक कार्य तालिका अनुसार बजारमा राम्रो र दुरुस्त एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले सिलिन्डर नष्ट गरिएको हो ।‘आयल निगमको निर्देशन र नेपाल गुणस्तर तथा नापतौल विभागको मापदण्डलाई पालना गर्दै पुनः प्रयोग गर्न नमिल्ने साथै हाइड्रोलिक परीक्षणमा फेल भएका करिब ३ हजार ३० वटा सिलिन्डर

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 586 पटक पढिएको
  • तीजमा पुरुषहरुले ब्रत बसे समानता आउँछ: मन्त्री खड्का

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले तीजको ब्रत पुरुषहरुले पनि बस्ने हो भने समान हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय पुरुषहरुले पनि साथ सहयोग गर्ने गरेको भन्दै ब्रत पनि लिने हो भने समान हुने बताए । उनले भने, ‘तीज महिलाहरुको मात्र रहेन् । पुरुषहरुले पनि त्यत्तिकै सहभागि हुने साथ सहयोग गर्ने र सबैको पर्व हो भनेर मनाउन थालिएको छ । तर पुरुषहरुले पनि ब्रत बस्ने हो भन्ने बल्ल समानता आउँछ भन्ने लाग्छ ।’यस्तै, उनले तीज सबै धर्मावलम्बीहरुले मनाउने र भाइचारा बढाउने चाड भएको हुनाले पनि यसको महत्व बढ्दै गएको बताए । धार्मिक, सा

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 533 पटक पढिएको
  • भयतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं— नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । आइतबार भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 709 पटक पढिएको
  • प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गर्न मन्त्री पाण्डेको निर्देशन

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्राविधिक जनशक्ति थप गरेरै भए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा पूर्ण ध्यान दिन मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।आइतबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति र आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले योजनाहरू अधुरै नछाड्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘प्राविधिक जनशक्ति थपेरै भए पनि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ। भौतिक र वित्तीय प्रगतिमा असन्तुलन देखिँदा योजनाको यथार्थ विवरण आउन सकिरहेको छैन, त्यसैले कार्यान्वयन गर्न नसकिने योजन

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 543 पटक पढिएको
  • नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

    काठमाडौं— उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ । आइतबार दुवै उपराष्ट्रपतिबीच भेटवार्ता भएको हो ।भेटवार्तामा धार्मिक समानता, धार्मिक तथा सांस्कृतिक पर्यटनका सम्भावना, द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधि र जनस्तरको सम्बन्ध विस्तारजस्ता विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 828 पटक पढिएको
  • रौतहटमा सुटकेसमा भेटिएकी महिलाको सनाखत, हत्या आशंकामा अनुसन्धान तीव्र

    रौतहट– रौतहटको गौर–सिरसिया सडकखण्डमा सुटकेसभित्र मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक २६ वर्षीया रुबिकुमारी साह सुडी हुन्, । उनी  गौर नगरपालिका–२ महादेवपट्टिमा डेरा गरी बस्दै आएकी थिइन्।माधवनारायण नगरपालिका–६ माधोपुर माइती भएकी महिला भएको प्रहरीले जनाएको छ । मृतकको वैवाहिक घर भारतको बिहार राज्य, मुज्जफरपुर जिल्लास्थित रक्साटोलमा पर्छ। उनी त्यहाँका शिव सागर साहकी पत्नी हुन्।रुबिकुमारीले आफ्नो चार वर्षीय छोरालाई पढाउने उद्देश्यले केही वर्षदेखि आमा सँगै गौरमा डेरा लिएर बस्दै आएकी थिइन्। मृतकको बुबा राम विनोद साह सुडी झन्डै तीन दशकदेखि भा

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 628 पटक पढिएको
  • निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं: मन्त्री पन्त

    काठमाडौं— शिक्षामन्त्री रघुजी पन्तले निजी क्षेत्रले छापिरहेको कक्षा चारको पाठ्यक्रम वा पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीमा ल्याउन प्रयत्न गरिरहेको बताएका छन् । आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले कक्षा एकदेखी चारसम्मका पाठ्यक्रम छापिरहेको जानकारी गराउँदै कक्षा चारको पाठ्यक्रम जनक शिक्षा सामाग्रीमा ल्याउन छलफल गरिरहेको बताएका हुन् । उनले भने, ‘अहिले प्रचलन के छ भने एक कक्षादेखी चार कक्षासम्मको किताब निजी क्षेत्रलाई छाप्ने अरु किताब चाहीं जनक शिक्षा सामाग्रीले छापिरहेको छ । त्यहाँ हामीले छलफल गरिरहेका छौ । एक, दुई, तीन, चारमा चार कक्षा चाहीँ सरकारमा ल

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 756 पटक पढिएको
  • उखु किसान फेरि सडकमा, काठमाडौंमा प्रदर्शन

    काठमाडौं— गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् ।उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकमप्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । प्रदर्शनमा बोल्दै उखु उत्पादक संघ महोत्तरी जिल्लाको पूर्वअध्यक्ष उत्तम सिहं रानाले प्रत्येक बर्ष उखु ७० रुपैँया अनुदानमा पाएका थिए

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 666 पटक पढिएको
  • महामारीमा संयमित भइ सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन

    वीरगंज— हैजाको प्रकोप फैलिने जोखिम बढिरहेको अवस्थामा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सम्पूर्ण कर्मचारीलाई सतर्क र संयमित भई सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।प्रमुख सिंहले हालको अवस्थालाई आत्तिनुपर्ने नभई संयम र धैर्यताका साथ सामूहिक प्रयासद्वारा नियन्त्रण गर्न सकिने भन्दै सबै पक्षलाई हातेमालो गर्न आग्रह गरे । उनले भने, ‘अहिलेसम्म डाई हाल्नुपर्ने अवस्था सिर्जना भएको छैन । महानगर हैजा नियन्त्रण उन्मुखमै छ र आवश्यक सबै उपायहरू अपनाइरहेका छौं ।’उनले बिरामी भेटिनेबित्तिकै उपचारमा ढिलाइ हुन नदिने उद्देश्यले वीरगंजका सबै अस्पताललाई तत्कालै आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको जानकारी

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 722 पटक पढिएको
  • एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्छः झलनाथ खनाल

    काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित, संविधान र भू–राजनीतिक सन्तुलनविरुद्ध भएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित दोस्रो काठमाडौं संवाद शृंखलामा बोल्दै उनले एमसीसी सम्झौताको प्रक्रिया र मर्मप्रति गहिरो असन्तोष व्यक्त गर्दै यसलाई राष्ट्रिय घात र शर्मनाक नाटकको संज्ञा दिए ।खनालले एमसीसी सम्झौता अमेरिकाको दक्षिण एसिया रणनीतिअन्तर्गत तयार पारिएको उल्लेख गर्दै यसले नेपालका छिमेकी मुलुकहरु—चीन र भारतसँगको सम्बन्धमा दीर्घकालिन असर पार्न सक्ने चेतावनी दिए ।उनले सम्झौताप्रति सर्वसाधारण, बुद

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 714 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.