समाचार

    Showing 10,811-10,820 of 19,751 items.
  • वि.सं. २०८१ साउन ०२ गते बुधबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे,

    • प्रकाशित मितिः साउन २, २०८१
    • 549 पटक पढिएको
  • पशुपतिनाथमा साउन लक्षित तयारी, चारै ढोका बिहान तीन बजेदेखि खुला गरिने

    काठमाडौं— पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भिड लाग्ने गर्दछ । साउने सोमबारका व्रतालु र बोलबमका श्रद्धालुहरुले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ । यस वर्ष साउन महिनामै पशुपति क्षेत्रमा कोटी होम र शिवपुराण पाठ परायणलगायतका कार्यक्रम राखिएकाले भिडभाड अझै बढ्ने अनुमान छ ।यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् । ती चार सोमबार, चार शनिबारका साथै साउन महिनामै परेका नागपञ्चमी र गुरुपूर्णिमाको दि

    • प्रकाशित मितिः साउन १, २०८१
    • 589 पटक पढिएको
  • मनसुनको कहर: बाढी, पहिरोबाट ११३ जनाको मृत्यु, ११९ जना घाइते, ३ हजार ६३० परिवार विस्थापित

    काठमाडौं— अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदबाट सोमवार दिउँसोसम्म ११३ जनाको मृत्यु भएको छ भने ११९ जना घाइते भएका छन्। यस अवधिमा विपदका घटनाबाट ३ हजार ६३० घर परिवार विस्थापित भएका छन्।नेपाल प्रहरीका अनुसार बाढी, पहिरोलगायत विपदमा काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा ११३ जनाको मृत्यु भएको हो। काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेश

    • प्रकाशित मितिः साउन १, २०८१
    • 272 पटक पढिएको
  • प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदमा सम्बोधन गर्ने

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। ओलीले संसदमार्फत् देशबासीलाई साउन ६ गते बस्ने संसद बैठकमा सम्बोधन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। सोमबार बसेको ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई एक महिनाभित्र केही न केही फरक गरेर देखाउन निर्देशन दिएका छन्। कांग्रेस–एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो पटकमै पूर्णता पाएको छ। जसमा एमालेका प्रधानमन्त्रीसहित ९ जना, कांग्रेसबाट १० जना मन्त्री बनेका छन्। त्यस्तै, लोसपाबाट एकजना र अशोक राई नेतृत्वको जसपाबाट २ जना मन्त्री बनेका छन्

    • प्रकाशित मितिः साउन १, २०८१
    • 252 पटक पढिएको
  • असार सकिँदा ६८.६ प्रतिशत मात्र रोपाइँ सकियो

    काठमाडौं— असार सकिँदा ६८.६ प्रतिशतमात्र रोपाइँ भएको छ। कृषि विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका सूचना अधिकारी बलराम रिजालका अनुसार असार ३१ गतेसम्म देशभर ६८.६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। धान रोपिने १३ लाख ९८ हजार २७३.७३ हेक्टर क्षेत्रफलमध्ये ९ लाख ५९ हजार ४७६.०२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको केन्द्रले जनाएको छ।सुदरपश्चिम प्रदेशमा रोपाइँ लगभग सकिन लागेको छ। त्यहाँ रोपाइँ हुने कुल जमिनमध्ये ९५ प्रतिशतमा धान रोपिएको छ। अहिलेसम्म १ लाख ७४ हजार ५७६ हेक्टरमध्ये १ लाख ६५ हजार ८४७.०२ हेक्टरमा रोपाइँ भएको हो।त्यस्तै धानखेतीको सबैभन्दा कम क्षेत्रफल रहेको कर्णाल

    • प्रकाशित मितिः साउन १, २०८१
    • 342 पटक पढिएको
  • मुग्लिङ–मलेखुका १६ स्थान पहिरोको जोखिममा

    काठमाडौं— चितवनको मुग्लिङदेखि मलेखु सडकखण्डको १६ स्थानमा पहिरोको जोखिम रहेको पहिचान गरिएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ४० किलोमिटर क्षेत्रमा १६ स्थानमा पहिरोको जोखिम छ भने चार स्थानमा उच्च जोखिम छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले पृथ्वी राजमार्ग अन्तर्गत कार्यालयको क्षेत्रमा कृष्णभिर, घोप्टेभिर, जोगीमारा र फिसलिङ उच्च जोखिम रहेको स्थान भएको जानकारी दिए । उनले भने, 'सात वर्षअगाडि र अहिलेको पहिरो जाने अवस्था फेरिएको छ । पुरानो धारबाट बग्ने पानीको बाटो फेरिएको छ, पहाड खोतलिएको छ त्यसको प्रभावले गर्दा गेग

    • प्रकाशित मितिः साउन १, २०८१
    • 885 पटक पढिएको
  • देउडा मनाउन आज कर्णालीमा सार्वजनिक बिदा

    काठमाडौं— ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो। 

    • प्रकाशित मितिः साउन १, २०८१
    • 236 पटक पढिएको
  • घुस रकमसहित दुई प्राविधिक अधिकृत रंगेहात पक्राउ

    दार्चुला— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार रुपैयाँ घुस रकमसहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारको टोलीले सोमबार पक्राउ गरेको हो । धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनले  पक्राउ परेकाहरूको सा

    • प्रकाशित मितिः साउन १, २०८१
    • 343 पटक पढिएको
  • बाढीले घर बगायो, तीन बालिकाको मृत्यु, एक बेपत्ता

    रुकुम पश्चिम— रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो । घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबी केसीले जानकारी दिए । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख केसीले बताए । घटनामा डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् । बाढीले घर बगाउँदा घाइते भएका सात जनालाई आठविसकोटस्थित नगर अस्पतालमा ल्याएर उपचार सुरु भएको स्थानीय

    • प्रकाशित मितिः साउन १, २०८१
    • 279 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

    काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन ३ जना कानुन विदले सर्वोच्चमा रिट दायर गरेका हुन्। उक्त रिटमाथि सर्वोच्चले साउन ६ गतेलाई पेसी तोकेको छ। अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्चमा पुगेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२)अनुसार आइतबार नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।यसअघि संविधानको धारा ७६ (२)अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएका

    • प्रकाशित मितिः साउन १, २०८१
    • 475 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा