समाचार

    Showing 10,811-10,820 of 25,722 items.
  • आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

    काठमाडौं— आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो । आज बस्ने बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथि छलफल हुने बताइएको छ । यसअघि कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै हस्ताक्षर संकलन गरेका थिए । कांग्रेसभित्र हस्ताक्षर संकलनको विषयमा विवाद छ भने गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको विवादमा परेका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थि

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 579 पटक पढिएको
  • हिन्दु नारीहरुको चाड तीज सुरु, आज दर खाँइदै

    काठमाडौं—  नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ ।भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुले दर खाने परम्परा छ  ।दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन रहेको  छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको रहेको पाइन्छ  । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भ

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 646 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक सोमबार दिनको २ः३० बजे समितिको बैठक कक्षमा बस्ने भएको हो । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 606 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान र तराईको थोरै स्थानमा मध्यम वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 304 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८६ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १७४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ११ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 305 पटक पढिएको
  • आज २०८२ साल भदौँ ०९ गते सोमबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पढाइमा ध्यान दिन सके राम्रो परिणाम प्राप्त हुनेछ। पारिवारिक तथा प्रेम सम्बन्ध सन्तोषजनक रहन सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। यात्रामा सतर्कता आवश्यक छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)प्रेम सम्बन्धमा असमझदारी उत्पन्न हुन सक्छ। अध्ययनमा ध्यान नदिँदा अरूले फाइदा उठाउने सम्भावना छ। सतर्कता आवश्यक छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)शत्रु परास्त हुनेछन्। विगतका प्रयासबाट लाभ मिल्नेछ। अध्ययनमा सफलता मिल्ने सम्भावना छ। आफन्तको सहयोग प्राप्त हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पढाइ, अनुसन्धान त

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 535 पटक पढिएको
  • जसपा नेपालले विरोध प्रदर्शन

    रौतहट— रौतहटको गौर हत्याकाण्डको विषयमा सर्वोच्च अदालतले गरेको आदेशको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध प्रदर्शन गरेको छ । आइतबार जसपा नेपालका कार्यकर्ताहरूले जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् । पार्टी अध्यक्ष उपेन्द्र यादव मुछिएको गौरमा भएको हत्याकाण्ड विषयमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश जारी गरेपछि जसपा नेपाल आन्दोलित छ । 

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 561 पटक पढिएको
  • डल्लुमा एक जना मृतावस्थामा फेला

    काठमाडौं— राजधानीको डल्लुमा एक जना मृतावस्थामा फेला परेका छन् । डल्लु पुल करिडोरमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ घर भएका २६ वर्षीय राजेश भुजेल मृतावस्थामा फेला परेका हुन् । उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 802 पटक पढिएको
  • अख्तियारद्वारा बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

    काठमाडौं— पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतले दिएको सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, आइतबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको हो।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव रहेका अर्यालसहित १२ जनाविरुद्ध अख्तियारले सुरक्षा मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइको प्रक्रियामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो।तर, विशेष अदालतले अर्यालसहितलाई सफाइ दिएको थियो। सो फ

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 523 पटक पढिएको
  • वैदेशिक सम्पत्ति बढेर २९ खर्ब २९ अर्ब पुग्यो

    काठमाडौं— सरकारको बाह्य लगानी स्थितिमा सुधार आएको छ । गत आर्थिक वर्ष ०८२ असार मसान्तसम्म मुलुकको वैदेशिक सम्पत्ति २९ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।यस्तै, दायित्व २१ खर्ब ४६ अर्ब ४३ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । फलस्वरूप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७ खर्ब ३ अर्ब २६ करोड रुपैयाँ बचतमा रहेको छ ।०८१ असार मसान्तमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ३ खर्ब ५ अर्ब ८४ करोड रुपैयाँ बचतमा  थियो ।

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 721 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.