समाचार

    Showing 10,721-10,730 of 25,722 items.
  • आज ऋषि पञ्चमी अर्थात सप्तऋषिको पूजा आराधना गरी मनाइदै

    काठमाडौं— भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउदै छन्।आजकोदिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।अरुणन्धतीसहित सप्तऋषि कश्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ ।रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्न

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 658 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ । हाल बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।राति देशभ

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 497 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रुपैय

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 466 पटक पढिएको
  • आज २०८२ साल भदौँ १२ गते बिहिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वास्थ्यमा सकारात्मक सुधार देखिनेछ। व्यापार तथा व्यवसायमा लाभको सम्भावना उच्च रहेको छ। वैदेशिक लगानी वा अन्तर्राष्ट्रिय सम्पर्कबाट फाइदा मिल्ने समय हो। सामाजिक एवं परोपकारी क्षेत्रमा तपाईको योगदानको प्रशंसा हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शारीरिक स्वास्थ्य सन्तोषजनक रहनेछ। इमान्दार प्रयासमार्फत लक्ष्यमा पुग्न सहज हुनेछ। भौतिक सम्पत्ति विस्तारका सम्भावना बलियो देखिन्छ। शैक्षिक सफलता तथा प्रेम सम्बन्धमा नजिकको अनुभूति आजको विशेषता बन्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ स्थानको भ्रमणले मानसिक ताजगी ल्याउनेछ। प

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 693 पटक पढिएको
  • पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

    काठमाडौं— अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दामा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद ऐन महर केही घण्टामै हाजिरी जमानीमा रिहा भएका छन्।सशस्त्र प्रहरीको संगठन सञ्जालमार्फत अपहरण गरी फिरौती असुल्ने गिरोहसँग सम्बन्ध रहेको आरोप लागेका महरलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो। उनलाई प्रहरीले काठमाडौंको मिनभवन क्षेत्रबाट पक्राउ गरेको थियो।पक्राउ परेको केही घण्टामै जिल्ला सरकारी वकिलको कार्यालयको सिफारिसमा हाजिरी जमानीमा छाडिएको प्रहरी स्रोतले जानकारी दिएको छ।यस्तो थियो आरोप !प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार महरमाथि अपहरणमा संलग्न रहेको, फिरौतीका लागि दबाब दिने गिरोहसँग

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 714 पटक पढिएको
  • सामाजिक सञ्जाल नियमन गर्न सरकारको नयाँ कदम, सूचीकृत नभए निष्क्रिय गरिने

    काठमाडौं— सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सूचीकरणको अन्तिम चेतावनी दिएको छ। सात दिनको समयसीमा तोकी सूचीकृत नभए निष्क्रिय बनाइने निर्णय सरकारले गरेको हो।बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश र सामाजिक सञ्जालसम्बन्धी निर्देशिकालाई आधार बनाउँदै फेसबुक, ट्विटर (एक्स), ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सञ्जालहरूलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सम्पर्क गर्न आह्वान गरेको हो।सरकारका प्रवक्ता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भने, 'निर्देशिका २०८० र सर्वोच्चको आदेशअनुसा

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 859 पटक पढिएको
  • युरोप पठाउने प्रलोभनमा नेपाली ठग्ने गिरोहका दुई जना दिल्लीमा पक्राउ

    काठमाडौं— युरोप पठाइदिने प्रलोभन देखाई नेपाली नागरिकसँग ठगी गर्ने गिरोहका दुई सदस्यलाई भारतीय सुरक्षाकर्मीले नयाँ दिल्लीबाट पक्राउ गरेको छ।दिल्ली क्राइम ब्रान्चको टोलीले ४१ वर्षीय जयकाब र ४२ वर्षीय रुपेश नाम गरेका दुई जनालाई पक्राउ गरेको हो। उनीहरूले बेरोजगार नेपाली युवा–युवतीलाई सर्बिया पठाइदिने भन्दै नयाँ दिल्लीमा बोलाएर ७० लाख भारु बराबरको ठगी गरेको अनुसन्धानबाट खुलेको छ।पक्राउ परेका जयकाब भारतको उत्तर प्रदेशको बिजनौर जिल्लाका बासिन्दा हुन्। उनले नेपालसँग सीमा जोडिएको उत्तराखण्डको पिथौरागढमा अध्ययन गरेका कारण नेपाली भाषा राम्रोसँग बोल्न जान्ने र विश्वास दिलाउन सहज हुने गरेका थिए।रुपेश भने ब

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 779 पटक पढिएको
  • करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौं— बर्दिया र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका(१ भुरीगाउँ बस्ने ३६ वर्षीय भीमलाल थारूको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका—७ सुन्दरपुरस्थित विद्युतको पोलमा चढी नेट बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।यसैगरी, मोरङको बेलबारी नगरपालिका—८ बरियातिझार बस्ने ३७ वर्षीय गोपाल श्रेष्ठको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।आफ्नै घरको कलमा पानी तान्ने विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 710 पटक पढिएको
  • एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ आदेश जारी, बलात्कार मुद्दामा अनुसन्धान अघि बढ्दै

    काठमाडौं— सर्वोच्च अदालत पाटनले नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध बलात्कार आरोपमा पक्राउ आदेश जारी गर्दै, तत्काल अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिल कार्यालयलाई आदेश दिएको छ।उच्च अदालत पाटनका न्यायाधीश ब्रजेज कुमार प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले, पीडित महिलाले दिएको जाहेरी तामेली अवस्थामा राखिएको र त्यसकारण रिटद्वारा प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको हो। अदालतले प्रहरी र सरकारी वकिललाई बिज्ञापन प्रकृयाबाट हटेर मुद्दा दर्ता गरी छिटो अनुसन्धान सुरु गर्न निर्देशन गरेको छ।पीडित महिलाको तर्फबाट प्रमुख अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल, र अञ्जना अर्यालले ब

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 707 पटक पढिएको
  • काठमाडौं महानगरसँग असहमति, कवाड व्यवसायीको आन्दोलन चर्किंदै

    काठमाडौं— काठमाडौं महानगरपालिकाले आफूहरूमाथि दमन र ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरूले आन्दोलन जारी राखेका छन्।  बुधबार पनि कवाड व्यवसायी संघर्ष समितिको नेतृत्वमा काठमाडौंको विभिन्न स्थानबाट र्‍यालीसहितको प्रदर्शन गर्दै व्यवसायीहरूले महानगरको कार्यालय अगाडि धर्ना दिएका हुन्। कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट कुटपिट, ज्यादती र संरचना भत्काउने जस्ता काम भएको भन्दै कवाड व्यवसायी संघर्ष समितिले निरन्तर आन्दोलन गरेका हुन्।उनीहरुले संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन्। विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यव

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 672 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.