समाचार

    Showing 10,721-10,730 of 19,751 items.
  • सडक दुर्घटना हुँदा सैनिक जवानको मृत्यु

    काठमाडौं–सडक दुर्घटना हुँदा सैनिक जवानको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको हो । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत तनहुँ भानु नगरपालिका–१२ का २७ वर्षीय  सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उहाँहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 338 पटक पढिएको
  • मानव बेचबिखनविरूद्ध निर्मम भएर अगाडि बढ्नुपर्छ : गृहमन्त्री लेखक

    काठमाडौं–गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन तथा ओसारपसार अन्तर्राष्ट्रिय अपराधको रूपमा फैलिएको र यसको दुष्प्रभाव निश्चित देश समाजमा मात्र सीमित नभएको हुँदा यस विरूद्ध शून्य सहनशीलता अपनाई निर्मम भएर अगाडि बढ्नुपर्ने बताएका छन् । ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले  मानव बेचबिखन तथा ओसारपसार विरूद्धको लडाइँमा प्रहरी मात्र नभएर सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय तह, शिक्षक, संचारकर्मी लगायतको सहकार्य जरूरी रहेको उनको भनाई थियो । चेतनाको कमीले यस्ता अपराध बढ्ने हुँदा सरोकारवाला निकायहरूले आपसी समन्वय गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उनको जोड छ । 

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 368 पटक पढिएको
  • विपद्मा प्रहरी मेरो साथि : तत्काल पुग्यो उद्धार टोली

    काठमाडौं–प्रहरी मेरो साथि नारा नारा मात्रै होइन् । विभिन्न समयमा आइपर्ने विपदजन्य घटना वा कुनै दुर्घटनाको समयमा सर्वसाधारणको उद्धार गर्न प्रहरी पुग्ने गर्छ । गएरातिदेखि भएको भारी वर्षापछि काठमाडौं उपत्यका जलमग्न भयो । त्यसपछि नेपाल प्रहरीको विपद् उद्धार टोली बिहान चार बजेदेखि नै आवश्यक उद्धार सामाग्रीहरु सहित खटिई बाढीमा फसेका व्यक्तिहरुलाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाउन सफल भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रहरीले ६० जना भन्दा धेरैको उद्धार गरेको छ । तस्विर : नेपाल प्रहरी

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 557 पटक पढिएको
  • काठमाडौंमा बाढी वितन्डा : पुलमुनि अड्किएको शव फेला

    काठमाडौं–काठमाडौं उपत्यकामा आएको बाढीमा रेर एकजनाको यान एको छ । बल्खु खोलाको बाढीमा परी मृत्यु भएका एकजनाको शव पुलमुनि अड्किएको अवस्थामा भेटिएको हो । मृतक बाँकेका ४५ वर्षीय रामस्वरुप महतो रहेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ । 

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 305 पटक पढिएको
  • बाढीमा चुर्लुम्म काठमाडौं उपत्यका (फोटोफिचर)

    काठमाडौं–गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र जलमग्न भएका छन् । बागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोलासहित स्थानीय नदीमा आएके बाढी वस्तिमा पनि पसेको छ । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् भने  नदी किनारका सडक, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी पसेको कोठाहरुबाट पानी निकाल्ने प्रयास भइरहेको छ ।

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 379 पटक पढिएको
  • सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती

    काठमाडौं–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि आएको पहिरोले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेको छ । यसअघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो । सो स्थानभन्दा मुनि  मस्र्याङ्दी नदी रहेको जोखिमपूर्ण स्थाल हो । सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका यात्रुलाई समस्या भएको छ । 

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 243 पटक पढिएको
  • बाढीमा जलमग्न काठमाडौं उपत्यका

    काठमाडौं–निरन्तरको वर्षापछि आएको बाढीमा काठमाडौं उपत्यका जलमग्न भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा  विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको भएको छ । मधेस, बागमती र  गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षा भएको छ । अहिले देशभर  साधारणतया बदली रही बागमती  र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी  प्रदेशका केही भेगमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टा सबै प्रदेशका केही स्थानमा मेघगर्जन

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 420 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान देशभर आंशिकदेखि साधारण तया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो  देशभर साधारणतया बदली रहनेछ । सो समयमा मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।राति देश

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 257 पटक पढिएको
  • एकै पटक ९१ न्यायाधीशको सरुवा

    काठमाण्डौ   ।   न्याय परिषद्ले एकै पटक ठुलो मात्रामा न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बेठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो । परिषद्का अनुसार, उच्च अदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरूवा गरिएको हो ।एकै कार्यथलोमा २ वर्ष अवधि पुगेकाहरूलाई सरूवा गरिएको न्याय परिषद्का अधिकारीले जानकारी दिए ।यस्तो छ सूची :

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 243 पटक पढिएको
  • केरला पहिरो अपडेट : एक नेपालीसहित ४५ जनाको मृत्यु, चार सय बेपत्ता

    काठमाडौं- भारतको केरला राज्यको वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ ।मंगलबार बिहान करिब ३ बजे ४ ठाउँमा पहिरो खसेको थियो । यसबाट ४ वटा गाउँ डुबानमा परेका छन् । घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन्। अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार ४०० भन्दा बढी व्यक्ति बेपत्ता छन् । ५० जनाको अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा परेर मृत्यु भएकामध्ये एक नेपाली शिशु रहेको जनाइएको छ ।पहिरोले स्थानीय मुन्दाकयी, चुरालमाला, अटामाला र नूलपूजा समेत चार गाउँलाई क्षति पुर्‍याएको छ । केरलका मुख्यमन्त्री पिनरायी विजयनले एयर फोर्सको हेलिकोप्टर प्रयोग

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 76 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा