काठमाडौं— बर्दिया र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका(१ भुरीगाउँ बस्ने ३६ वर्षीय भीमलाल थारूको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
सोही नगरपालिका—७ सुन्दरपुरस्थित विद्युतको पोलमा चढी नेट बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, मोरङको बेलबारी नगरपालिका—८ बरियातिझार बस्ने ३७ वर्षीय गोपाल श्रेष्ठको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको कलमा पानी तान्ने विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।