समाचार

    Showing 10,571-10,580 of 25,722 items.
  • कालीगण्डकी नदीबाट अवैध रूपमा निकालिएको बालुवा जफत, १५ लाख राजस्व संकलन

    बागलुङ— कालीगण्डकी नदीबाट अवैध रूपमा उत्खनन गरिएको बालुवा जफत गरिएको छ। जिल्ला समन्वय समिति बागलुङको पहलमा बागलुङ नगरपालिकाभित्र दब्ल्याङ र भाटेखोला क्षेत्रबाट संकलन गरिएको करिब ४,९७२ घनमिटर बालुवा नियन्त्रणमा लिइएको हो।नगरपालिकाले अवैध उत्खननमा संलग्न व्यक्तिहरूलाई जरिवाना स्वरूप कारबाही गर्दै १५ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको जनाएको छ। राजस्व शाखा प्रमुख सरस्वती रेग्मीका अनुसार, कारबाही क्रसर व्यवसायी र नदीजन्य पदार्थको दोहन गर्नेहरूमाथि केन्द्रित गरिएको हो।नदीजन्य पदार्थ उत्खननमा असारदेखि भदौ १५ गतेसम्म कानुनी रोक लगाइएको भए पनि मध्यरातमा चोरी-छिपी दोहन भइरहेको पाइएको छ। त्यस क्रममा

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 711 पटक पढिएको
  • एभरेस्ट महिला भलिबल लिग खेल्ने कर्णाली यशभिसका ३ खेलाडी नेपाल आइपुगे

    काठमाडौं— पोखरामा हुने ’एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन ग्रिसका एक र ब्राजिलका दुई महिला खेलाडी नेपाल आइपुगेका छन् । सोमबार काठमाडौं ओर्लिएका उनीहरु आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने लिगमा कर्णाली यशभिसबाट खेल्नेछन् । ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी ‘इभान्जेलिया चान्टाभा’ सोमबार विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ओर्लिइन् भने ब्राजिलियन खेलाडी द्धय ’आना फ्लाभिया’ र ‘मायरा भिटोरिया’ पनि सोमबार साँझ नेपाल आइपुगिन् ।सन् २००५ देखि व्यवसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायतका देशको

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 560 पटक पढिएको
  • भौतिक पूर्वाधार मन्त्रालयको वार्षिक समीक्षा तथा कार्ययोजना गोष्ठी सुरु

    हेटौंडा— भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशको आयोजनामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा २०८२/८३ को कार्ययोजना गोष्ठी हेटौंडामा सुरु भएको छ ।कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार मन्त्री डा. दिनेश चन्द्र देवकोटाले गरेका छन् । गोष्ठीमा मन्त्रालयका अधिकारी, इन्जिनियर तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 536 पटक पढिएको
  • सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने

    काठमाडौं— सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गर्दै ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ ।यस आईपीओमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कम्पनीका कर्मचारीका लागि ४३ हजार ५६० कित्ता शेयर छुट्याइएको छ । बाँकी शेयर सर्वसाधारणका लागि खुला हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 500 पटक पढिएको
  • प्रधानमन्त्री ओली बेइजिङ पुगे

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै उनी रेलमार्गबाट बेइजिङ पुगेका हुन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्नेछन् । उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 692 पटक पढिएको
  • बीपी साहित्य सम्मान शर्मालाई र प्रजातन्त्र सेनानी सम्मान खड्कालाई

    काठमाडौं— जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस बर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार डा.बेन्जु शर्मा (काठमाडौं)लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रत्येक वर्ष बीपी जन्मजयन्तीका अवसरमा प्रदान गरिने बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो । यस्तै बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार अर्जुन खड्का (उदयपुर) लाई प्रदान गरिने भएको ट्रष्टले जनाएको छ । यी दुबै पुरस्कार जननायक बीपी कोइराला स्मृति ट्रष्ट पुरस्कार छनौट समितिका संयोजक रामचन्द्र पोखरेल, सदस्यहरु किरण यादव र हरिप्रभा श्रेष्ठ खड्गीको निर्णयबाट प्रदान गरिएक

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 696 पटक पढिएको
  • आज पनि बढ्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 684 पटक पढिएको
  • सरकारी अस्पतालको एनआईसीयूमा मुसाको आतङ्क, दुई शिशु घाइते

    इन्दौर – भारतको मध्य प्रदेशस्थित इन्दौरको सबैभन्दा ठूलो सरकारी अस्पताल MYH को एनआईसीयू वार्डमा भर्ना भएका दुई नवजात शिशु मुसाले टोकेपछि अस्पताल प्रशासन आलोचनामा परेको छ।अस्पताल स्रोतका अनुसार केही दिनअघि जन्मिएका ती दुवै शिशु आइतबार र सोमबार क्रमशः मुसाको आक्रमणमा परेका हुन्। पहिलो दिन एक शिशुको हात टोकेर घाइते बनाइएको थियो भने भोलिपल्ट अर्को शिशु पनि त्यस्तै घटनामा परेपछि दुबैको उपचार भइरहेको छ।घटना सार्वजनिक भएपछि अस्पतालले आकस्मिक रूपमा मुसा नियन्त्रण अभियान सुरू गरेको छ। यद्यपि, यसअघि पनि अस्पतालमा मुसा र सरसफाइसम्बन्धी गुनासा उठ्दै आएका थिए।

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 769 पटक पढिएको
  • गोरखा दुर्घटना : २१ जना घाईतेमध्य ३ जना काठमाडौं रिफर

    काठमाडौं – काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटनाका क्रममा घाइते भएकाहरुको विवरण खुलेको छ । उक्त बसमा सवार २२ जना मध्ये चालक सहित २१ जना घाईते भएको, प्रहरी बरिष्ठ उपरिक्षक तुल बहादुर कार्कीले जनाएका छन् । साथै, उनले २१ जना मध्ये ३ जनालाई काठमाडौं रिफर गरिएको र अन्य घाईतेहरुको उपचार गोरखाकै आरुघाट आधारभुत अस्पतालमा भईरहेको बताए । घाईते चालक सहित २१ जना मध्ये १६ जनाको अवस्था मध्यम, ५ जनाको सामान्य, सि.न. १, ३ र १४ को घाईतेलाई थप उपचारको लागी काठमाण्डौ पठाईएको छ ।  घाईतेहरुको आरुघाट आधारभुत अस्पताल आरुघाटमा उपचार भईरहेको ।भीमसेनथापा गाउँपालिका–३ स्थित तान

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 557 पटक पढिएको
  • सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो

    विराटनगर – लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाका अनुसार राति १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो । बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोसी ब्यारेजका ५६ मध्ये ३९ ढोका खोलिएका थिए । तर, अहिले पानीको प्रवाह घटेपछि ३१ ढोका खुल्ला गरिएको छ । अहिले प्रतिसेकेण्ड २ लाख ४३ हजार ५ सय १० क्युसेक रहेको छ । ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकभन्दा बढी प्रवाह भएपछि खतरा सम्भावना भएको संकेतस

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 542 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.