काठमाडौं— नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ । 

आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।