समाचार

    Showing 10,341-10,350 of 25,706 items.
  • जेनजीको प्रदर्शनमा गोली लागेर ८ जनाको मृत्यु, झापामा दर्जनौ प्रदर्शनकारी घईते, देशभर तनाब ग्रस्त

    काठमाण्डौ । जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र १ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ ।झापामा भईरहेको जेनजीहरुको प्रदर्शनमा ११ जना भन्द बढी प्रदर्शनकारीलाई गोली लागेर घाईते भएका छन् । गोली लागेर घईते हुनेमा प्रकाश भट्टराई,अबिनास राई, साएम चामलिङ्ग, ३,अबुसेक लिम्बू,प्रयुस चौहान, युनिस दाहाल, सागर हेमरमसहितका दर्जन भन्दा बढी घईते भएका हुन् ।नेपालभरी जेनजीहरुले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 266 पटक पढिएको
  • रास्वपा अध्यक्ष लामिछानेमाथि निगरानी कडाइ, प्रशासनले भेटघाटमा लगायो प्रतिबन्ध

    काठमाडौं— जेन्जी आन्दोलन तिव्र बन्दै गइरहेका बेला काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसँग हुने भेटघाटमा प्रतिबन्ध लगाएको छ।प्रशासनले लामिछानेमाथि विशेष निगरानी राख्दै उनको राजनीतिक सक्रियता र आन्दोलनबीचको सम्वन्धलाई ध्यानमा राखेर भेटघाट नियन्त्रणमा लिएको बताइएको छ। प्रदर्शन झन् चर्किँदै जाँदा, नेताहरूको भौतिक उपस्थिति वा सक्रियता झनै उत्तेजनाको कारण बन्न सक्ने भन्दै प्रशासन सतर्क देखिएको हो।प्रशासनले औपचारिक रूपमा उक्त प्रतिबन्धको विस्तृत कारण भने खुलाएको छैन। लामिछाने र उनको पार्टीले यसबारे तत्काल प्रतिक्रिया जनाएका भने छैनन्।जेन्जी आन्द

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 629 पटक पढिएको
  • जेनजी आन्दोलनमा पाँच जनाको मृत्यु

    काठमाण्डौ । जेन जी आन्दोलनको क्रममा प्रहरीको दमनबाट मृत्यु हिनेको संख्या ५ पुगेको छ ।आन्दोलनमा घाइते भएर उपचारका क्रममा ट्रमा सेन्टरमा मात्रै ४ जनाको मृत्यु भएको हो ।बानेशवरको सिभिल अस्पतालमा १ जनाको मृत्यु भएको छ । सयौं घाइतेको उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 291 पटक पढिएको
  • जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते

    काठमाडौं— काठमाडौंमा भइरहेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर एक जना बालक घाइते भएका छन् ।ग्लोबल कलेजका विद्यार्थी रहेका ती बालकको टाउकोमा गोली लागेको बताइएको छ ।घाइते बालकलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रदर्शनको क्रममा कसरी गोली चल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 415 पटक पढिएको
  • सूचना टाँसेर स्थगित गरियो राष्ट्रियसभा बैठक

    काठमाडौं— सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कफ्र्यु आदेश जारी भएपछि राष्ट्रियसभा बैठक भदौ २५ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै सोमबार सवा एक बजेका लागि बोलाइएको बैठक बुधबार अपरान्ह  १ः१५ बजे बस्ने गरी सारिएको हो । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा बैठक बन्दको कारणमा ‘विशेष कारणबस लेखिएको छ ।जेनजी पुस्ताका आन्दोलनकारी नयाँ वानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु जारी गरिसकेको छ । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 430 पटक पढिएको
  • वामदेव गौतम भन्छन सामाजिक सन्जाल बन्द गर्नु गलत हो, धेरै दिन टिक्दैन्

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव  गौतमले सरकारले सामाजिक सन्जाल बन्द गरेर गलत गरेको बताएका छन् ।गौतमले आम नागरिकहरुका लागि सामाजिक संजाल अपरिहार्य अधिकार भएकाले बन्द गर्न नहुने प्रतिक्रिया दिएका हुन् ।  उनले भने,‘सामाजिक सञ्जाल बन्द गर्न पाइँदैन । यो जनताको अर्थात खासगरी युवाहरूको अपरिहार्य  अधिकार हो । अधिकार नभइ युवा अगाडि बढ्न सक्दैन् । उनीहरुलाई अधिकार दिनैपर्छ । सामाजिक सञ्जाल तुरुन्तै खोल्नुपर्छ,’ गौतमले अगाडि भने,‘यसलाई परिष्कृत कसरी गर्न सकिन्छ भन्ने विषयमा वहस हुनुपर्छ र यसलाई व्यवसिथ्त गर्नुपर्छ । जथाभावी बोल्ने र प्रयोग गर्नेलाई नियन्त्रण गर्न

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 523 पटक पढिएको
  • गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएपछि अवस्था झन तनावग्रस्त

    काठमाडौं— जेनजी पुस्ताको प्रदर्शनका क्रममा निषेधित क्षेत्र बानेश्वरमा रहेको संसद भवन अगाडी प्रदर्शन हिंसात्मक बन्दै गएको छ। सो क्रममा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि सो क्षेत्रको अवस्था अझ तनावपूर्ण बनेको हो।सरकारले स्थिति नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका संवेदनशील क्षेत्रहरूमा कर्फ्यू आदेश जारी गरे पनि, बानेश्वरमा भने त्यसको खासै प्रभाव देखिएन । प्रदर्शनकारीहरू अझ आक्रोशित हुनुका साथै सडकबाटै सरकार विरुद्ध नाराबाजी गरेका छन् । आक्रोषित भएका उनीहरुले संंसद भवनमा लगाएको वालसमेत तोडफोड गरेका छन्।संसद भवन आसपासको क्षेत्रमा व्यापक सुरक्षा घेराबन्दी गरिएको छ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 591 पटक पढिएको
  • नयाँबानेश्वरमा प्रहरीले चलाएको रबरको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठ घाइते

    काठमाडौं— नयाँबानेश्वरमा भएको प्रदर्शन कभरेजका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन्। प्रदर्शनस्थलमा भिडको गतिविधि क्यामेरामा कैद गरिरहेका बेला उनलाई प्रहरीले प्रहार गरेको रबरको गोली पाखुरामा लागेको हो।घाइते श्रेष्ठलाई तत्काल सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताएका छन् । नायव समाचार प्रमुख श्रेष्ठका अनुसार प्रदर्शन कभर गर्न गएका पत्रकारमाथि भएको घटनाले मिडिया सुरक्षा सम्बन्धी चिन्ता थपिएको छ।माइतीघर मण्डलाबाट सुरु भएको जेनजीको प्रदर्शन बिस्तारै आक्रोशित हुँदै संसद भवनसम्म पुगेको थियो। भिड नियन्त्रणमा लिन प्रहरीले प

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 497 पटक पढिएको
  • रबरको गोली लाग्दा फोटो पत्रकार ढुंगाना र कार्की घाइते

    काठमाडौं— नयाँ बानेश्वरमा जारी विरोध प्रदर्शनको समाचार संकलनका क्रममा फोटो पत्रकार पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की रबरको गोली लागेर घाइते भएका छन्।नयाँ पत्रिकाका ढुंगाना र नेपाल प्रेसका कार्की प्रदर्शनको दृश्य कैद गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको रबरको गोली लागेको हो।गोली लागेका उनीहरुको उपचारका लागि तत्काल सिभिल अस्पताल लगिएको छ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 427 पटक पढिएको
  • वीरगन्जमा जेन–जीको प्रदर्शन, परिवर्तन ल्याएरै छाड्ने दावी

    वीरगन्ज— जेनजी पुस्ताले आज वीरगन्जको घण्टाघरमा भव्य प्रदर्शन गरी भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन् ।करिब दुई सयको संख्यामा आएका प्रदर्शनकारीहरूले घण्टाघरबाट सुरुआत गरी नगरपरिक्रमा गरेका थिए र पुनः घण्टाघरमै पुगेर कोण सभा सम्पन्न गरेका हुन् ।कोण सभामा वक्ताहरूले सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने, देशमा मौलाइरहेको भ्रष्टाचार अन्त्य गर्न राज्यले पहल गर्नुपर्ने र युवापुस्तालाई नेतृत्वमा अघि ल्याउनुपर्ने माग राखे ।  सहभागीहरूले आन्दोलन तबसम्म जारी रहने र परिवर्तन ल्याएरै शिथिल हुने चेतावनीसमेत दिएका थिए ।आन्दोलनलाई लक्षित गर्दै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थि

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 493 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.