समाचार

    Showing 10,331-10,340 of 25,706 items.
  • इटहरीमा अनिश्चीतकालिन कफ्र्यू आदेश

    विराटनगर— सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा अनिश्चीतकालिन कफ्र्यू आदेश जारी गरेको छ ।इटहरीमा जेन जीहरुको आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुनेगरी कफ्र्यू लगाएका हो । आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार उपमहानगरपालिकाभित्र प्रवेश गरेका प्रदर्शनकारीले सरकारी सम्पत्ति जलाउने काम गरेका हुन् । गेटमै रोकेर नियन्त्रण गर्ने प्रहरीको प्रयास असफल बनेपछि उनीहरू भवनभित्र पसेका थिए । इटहरी आसपासको क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 587 पटक पढिएको
  • सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने नेपाल सरकार धिक्कार भन्दै आक्रोश पोखेकी छन् ।उनले भनेकी छन्, ‘नेपाली मारेर शासन गर्ने– बच्चा मारेर शासन गर्ने–नेपाल सरकार धिक्कार ! मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना ,प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’उनले प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 274 पटक पढिएको
  • प्रदर्शनकारीद्वारा नेकपा एसको कार्यालय तोडफोड

    काठमाडौं— जेन–जी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा गोली समेत चलाईयो जसको कारण आन्दोलन झन चर्किएको थियो । सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय आलोकनगरमा पुगेर तोडफोड गरेका हुन् ।प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको थियो । आन्दोलनका क्रममा पछिल्लो जानकारी अनुसार गोली लागेर १६ जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ । एक सय भन्दा बढि घाइते भएका छन् । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 744 पटक पढिएको
  • जेनजी आन्दोलनमा ५० भन्दा बढी गम्भीर घाइते भएको आशंका

    काठमाडौं— काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेनजी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जना भन्दा बढीको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।घाइतेहरुको उद्दारका साथै उनीहरूलाई अस्पताल पुर्‍याउने काम गरिरहेको काठमाडौं महानगरपालिकाले करिब ५० जनाभन्दा बढी घाइतेलाई विभिन्न अस्पतालमा पुर्‍याएको जनाएको छ ।महानगरपालिकाले घाइतेहरूलाई बानेश्वरबाट सिभिल, ट्रमा, पाटन लगायत विभिन्न अस्पतालमा पुर्‍याएको थियो । केहीलाई एउटा अस्पतालमा उपचार सम्भव नभएपछि अर्कोमा समेत लगिएको बताइएको छ । काठमाडौं महानगरपालिका बाहेक अरूले पनि एम्बुलेन्सबाट घाइतेहरूलाई ओसारेका थिए ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 459 पटक पढिएको
  • जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुग्यो, कुन अस्पतालमा कति घाइते छन्?

    काठमाण्डौ  ।  काठमाण्डौमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुगेको छ।ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ।  यो सहित उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। ट्रमा सेन्टर: ६ जनासिभिल अस्पताल: ३ जनाकेएमसी अस्पताल: १ जनात्रिवि शिक्षण अस्पताल: १ जनाएभरेष्ट अस्पताल: ५ जनाकूल १६ जनाको मृत्युकुन अस्पतालमा कति घाइते छन्? दिउँसो ४ बजेसम्म प्राप्त विवरण अनुसार:एभरेष्ट अस्पताल: ३४ जनाट्रमा सेन्ट

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 397 पटक पढिएको
  • बालेनले खटाए जेन जेड प्रदर्शनमा घाइतेको उद्धारमा कामपाको टोली

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले जेन जेड प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारमा सहयोग गर्ने जनाएको छ। यसका लागि महानगरको उद्धार टोली घाइतेहरूको उद्धार तथा उपचारमा सक्रिय रूपमा खटिएको स्रोतले जानकारी दिएको छ। महानगरका अनुसार उद्धारपछि घाइतेलाई तत्काल अस्पताल पुर्‍याउने व्यवस्था मिलाइएको छ। त्यस्तै, आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताइएको छ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 294 पटक पढिएको
  • नेकपा (माओवादी केन्द्र) को आकस्मिक बैठक

    काठमाडौं— काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा बसेको छ ।बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ ।  बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको उल्लेख गर्दै, प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।त्य

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 451 पटक पढिएको
  • नयाँ बानेश्वर घटनापछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज देशभर व्यापक प्रदर्शन भइरहेको छ । राजधानी काठमाडौँसहित विभिन्न सहरमा गरिएको जेनजीको प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्ने क्रममा नयाँ बानेश्वरमा गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 449 पटक पढिएको
  • जेनजीको प्रदर्शनमा गोली लागेर १४ जनाको मृत्यु

    काठमाण्डौ । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो ३:३० बजेसम्म १४ जनाको मृत्यु भइसकेको हो ।ट्रमा सेन्टरमा ७, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । हालसम्म प्रदर्शनमा घाइते भएका ४९ जनाको ट्रमा सेन्टरमा  उपचार भइरहेको डा.विष्टले जानकारी दिए ।घाइतेहरूको संख्या १३० भन्दा बढी, सिभिल अस्पतालले थेग्न सकेन जेन–जी&n

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 328 पटक पढिएको
  • जेन–जी आन्दोलनका क्रममा घाइतेहरूलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार

    काठमाडौं— काठमाडौं मेडिकल कलेज (केएमसी)ले जेन–जी आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको एक विज्ञप्तिमा अस्पतालले मानवीय सहानुभूति र चिकित्सकीय जिम्मेवारीका आधारमा यस्तो निर्णय गरिएको जनाएको छ।विज्ञप्तिमा भनिएको छ, 'हाल देशमा उत्पन्न मानवीय संकटलाई दृष्टिगत गर्दै हाम्रो अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सबै व्यक्तिहरूको निःशुल्क उपचार गर्ने निर्णय लिएको छ।'काठमाडौं उपत्यकामा जारी आन्दोलनमा गोली लागेर र लाठीचार्जबाट घाइते भएका धेरैजसो प्रदर्शनकारीहरूलाई अहिले सिभिल अस्पताल, ट्रमा सेन्टर लगायतका अस्पतालहरूमा राखिएको छ। तर ती अ

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 556 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.