काठमाडौं— काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेनजी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जना भन्दा बढीको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।

घाइतेहरुको उद्दारका साथै उनीहरूलाई अस्पताल पुर्‍याउने काम गरिरहेको काठमाडौं महानगरपालिकाले करिब ५० जनाभन्दा बढी घाइतेलाई विभिन्न अस्पतालमा पुर्‍याएको जनाएको छ ।

महानगरपालिकाले घाइतेहरूलाई बानेश्वरबाट सिभिल, ट्रमा, पाटन लगायत विभिन्न अस्पतालमा पुर्‍याएको थियो । केहीलाई एउटा अस्पतालमा उपचार सम्भव नभएपछि अर्कोमा समेत लगिएको बताइएको छ । काठमाडौं महानगरपालिका बाहेक अरूले पनि एम्बुलेन्सबाट घाइतेहरूलाई ओसारेका थिए ।