काठमाण्डौ । काठमाण्डौमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुगेको छ।
ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। यो सहित उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
ट्रमा सेन्टर: ६ जना
सिभिल अस्पताल: ३ जना
केएमसी अस्पताल: १ जना
त्रिवि शिक्षण अस्पताल: १ जना
एभरेष्ट अस्पताल: ५ जना
कूल १६ जनाको मृत्यु
कुन अस्पतालमा कति घाइते छन्? दिउँसो ४ बजेसम्म प्राप्त विवरण अनुसार:
एभरेष्ट अस्पताल: ३४ जना
ट्रमा सेन्टर: २४ जना
केएमसी अस्पताल: २० जना
त्रिवि शिक्षण अस्पताल: १५ जना
सिभिल अस्पतालमा सबैभन्दा धेरै घाइते भए पनि यकिन संख्या उल्लेख भएको छैन।
पाटन अस्पतालमा उपचाररत घाईतेहरूको संख्या पनि यकिन छैन। स्वास्थ्य मन्त्रालयबाट विवरण संकलन हुदैछ। अस्पतालहरूमा बेड अभावका कारण उपचारमा कठिनाइ भइरहेको छ भने राजधानीका विभिन्न क्षेत्रमा अझै पनि प्रदर्शन जारी छ। प्रशासनले निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीहरूको सहभागिता नघटेको देखिन्छ।