काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले जेन जेड प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारमा सहयोग गर्ने जनाएको छ।
यसका लागि महानगरको उद्धार टोली घाइतेहरूको उद्धार तथा उपचारमा सक्रिय रूपमा खटिएको स्रोतले जानकारी दिएको छ। महानगरका अनुसार उद्धारपछि घाइतेलाई तत्काल अस्पताल पुर्याउने व्यवस्था मिलाइएको छ।
त्यस्तै, आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताइएको छ।