समाचार

    Showing 10,321-10,330 of 19,705 items.
  • बागलुङ दुर्घटना : गाउँपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु

    काठमाडौं–बागलुङको गलकोट नगरपालिका–२ भुङखानीमा आज बिहान भएको सडक दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको ज्यान गएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान सडकबाट करिब ३०० मिटर तल खसेको थियो । घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको निधन भएको छ । अन्य एक पुरुषको पहिचान भने खुलेको छैन ।बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार, दुर्घटनास्थल निकै अप्ठ्यारो भएकाले उद्धारमा कठिनाइ भएको थियो । नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा उद्धार कार्य गरिएको हो । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधव शर्माले उपाध्यक्ष बुढा काठमा

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 344 पटक पढिएको
  • भुङ्खानीमा जीप दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते

    काठमाडौं–बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा आज बिहान जीप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको छ। दुर्घटनामा एक पुरुष घाइते भएका छन् । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, दुर्घटनामा ज्यान गुमाएकाको र घाइतेको परिचय खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी उद्धार कार्यमा जुटेका छन्, र घाइतेलाई बागलुङ अस्पताल पठाइएको छ । 

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 337 पटक पढिएको
  • पूजाको प्रसाद खाँदा ८० जना बिरामी

    काठमाडौं–झापाको अर्जुनधारा नगरपालिका–९ स्थित रीता निरौलाको घरमा पूजाको प्रसाद खाँदा बिरामी हुनेको संख्या ८० पुगेको छ । बिरामीहरू शनिश्चरे नगर अस्पताल, बीएण्डसी अस्पताल, र मनमोहन अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । शनिश्चरे अस्पतालमा ७३ बिरामीमध्ये ३९ जनालाई मेची प्रादेशिक अस्पताल रिफर गरिएको छ ।  प्रसाद खाएर बिरामी भएकामध्ये ५९ जना घर फर्किए पनि पुन: समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। बिरामीको कारण गाउँ प्रभावित भएपछि प्रमुख जिल्ला अधिकारी, अर्जुनधारा नगर प्रमुख, र प्रहरी अधिकारीहरूले अस्पताल पुगेर अवस्था बुझेका छन् ।  सब्जी, रोटी, र अचार खाएका बिरामीहरूमा वाकवाक,

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 429 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेश र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ। हाल देशका बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखी साधारणतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूपरश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बद

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 259 पटक पढिएको
  • पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।साउन ३ मा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका- ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।त्यसपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 454 पटक पढिएको
  • प्रस्तावित राजदुतहरुको कार्ययोजनाः बिमस्टेकलाई क्रियाशील बनाउनेदेखि नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन पहल गर्ने सम्म

    काठमाडौं- संसदीय सुनुवाई विशेष समितिले आज थप तीन देशका लागि प्रस्तावित राजदुतको सुनुवाई गरेको छ । आज श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराई, संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित राजदुत लोकदर्शन रेग्मी र बेलायतका लागि प्रश्तावित राजदुत चन्द्रकुमार घिमिरेको सुनुवाई भएको हो । सुनुवाईका क्रममा श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईले आफू नियुक्त भएमा सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्ने बताए । सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले सार्क र बिमस्टेकलाई थप क्रियाशील बनाउँदै यस भेगका मुलुकहरुको हित र विकासका लागि कुटनीतिक प्

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 298 पटक पढिएको
  • फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान सुचारु

    काठमाडौं- इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजबाट पुनः उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आज बिहानबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए ।गत बिहीबारदेखि नै उडान भर्ने भनिए पनि यात्रु नपाएपछि रोकिएको सुन्दासको भनाई छ । उनका अनुसार आज काठमाडौँबाट इलामका लागि छ जना यात्रु गएको र काठमाडौँका लागि आठ जना यात्रु लिएर आएको छ ।इलाम नगरपालिका-९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान गरेको छ । अब हप्ताको प्रत्येक बिहीबार नियमित उडान हुने जनाइएको छ ।दशैँ तिहार जस्ता चाडपर्व नजिकिएसँग

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 282 पटक पढिएको
  • पशुपतिको कोटिहोम महायज्ञको खर्च विवरण सार्वजनिक, घाटा भएको आयोजकको दाबी

    काठमाडौ- ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको आयोजकले दाबी गरेको छ । आयोजक कृष्णमूर्तिले आज पत्रकार  सम्मेलन गर्दै कोटिहोममा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको दाबीसहित हिसावकिताव सार्वजनिक गरेका हुन् । उनका अनुसार कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको छ । यस्तै कोटिहोम सन्चालनका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको समेत उनले जानकारी गराएका छन् ।&n

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 254 पटक पढिएको
  • कल सेन्टरमा सीआईबीको छापा ५० जना पक्राउ

    काठमाण्डौ । अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलबाट ५० जनालाई पक्राउ गरेको छ ।जसमा ५० जनामध्ये २ जना चिनियाँ नागरिक र १ जना फिलिपिनो नागरिक रहेका छन्। ललितपुर महानगरपालिकास्थित जाउलाखेलमा रहेको एक घर भाडामा लिएर अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा प्रहरीले बुधबार राति छापा मारेको थियो ।यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 184 पटक पढिएको
  • अत्यावश्यकीय वस्तुको सहज उपलब्धताको ग्यारेन्टी सरकारले गर्छः उद्योगमन्त्री

    काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वमा दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिनेगरी  सुपथ मुल्यमा खाद्यान्न उपलब्ध गराइने बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री भण्डारीले अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन थप योजना, व्यवसायिकता वृद्धि गर्न आवश्यक रहेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशनको व्यवसायिकता बिस्तार गर्ने र अझ सेवा प्रवाहमा सहज गर्ने कुरामा मन्त्रालयले आवश्यक योजना बनाइरहेको बताए । उनले सरकारले मन्

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 137 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा