समाचार

    Showing 10,021-10,030 of 23,640 items.
  • आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु , १ खर्ब २० अर्ब बढी उठ्यो राजस्व

    काठमाडौं— आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो ।  सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ । नयाँ आर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवाना लगायतका व्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ । तीन तहका सरकारले सार्वजनिक गरेको बजेटको आज देखि पूर्ण कार्यान्वयनको सुरुवात हुनेछ । करको दरमा भएको परिवर्तनसमध्ये आज लेखि नै कतिपय व्

    • प्रकाशित मितिः साउन १, २०८२
    • 581 पटक पढिएको
  • बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक

    रामेछाप – मनसुनका कारण पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्न बिपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ।काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकले सो निर्णय गरेको हो । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचना अनुसार साउन १ गतेदेखि साउन मसान्तसम्म रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको हो । सार्वजनिक र निजी दुवै खा

    • प्रकाशित मितिः साउन १, २०८२
    • 425 पटक पढिएको
  • एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर एकजनाको मृत्यु, दुई जनाको अवस्था गम्भीर

    सर्लाही— सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा करेन्ट लागेर ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए ।एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हरिवनस्थित नमूना अस्पतालमा मृत्यु भएको हो ।उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर रुपमा घ

    • प्रकाशित मितिः साउन १, २०८२
    • 440 पटक पढिएको
  • देवघाटमा साउने मेला, भक्तजनको भीड

    नारायणगढ (चितवन), १ साउनः  देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि  भक्तजनको भीड लागेको छ । आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको छ ।  भक्तहरू देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् । साउन महिनालाई शिवको प्रिय महिना मानिन्छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार साउनमा करिब पाँच लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । सोमबार अधिक भक्तजन आउने अपेक्षा छ । भक्तजनको भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।  साउन महिनामा स्नान ग

    • प्रकाशित मितिः साउन १, २०८२
    • 304 पटक पढिएको
  • आज साउने सङ्क्रान्ति

    काठमाण्डौ  ।  प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद

    • प्रकाशित मितिः साउन १, २०८२
    • 450 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ एक पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः साउन १, २०८२
    • 342 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधरणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली

    • प्रकाशित मितिः साउन १, २०८२
    • 310 पटक पढिएको
  • नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेदवरा पद तथा गोपनियताको सपथ ग्रहण

    काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् ।बुधबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ ग्रहण गराएका हुन् । सपथ कार्यक्रममा उपसभापति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल सहभागी थिए ।विवादित अडियो प्रकरणमा मुछिएपछि सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 256 पटक पढिएको
  • पेस्तोल देखाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

    जनकपुर । धनुषा प्रहरीले नेपाल भारत सिमानामा दिउँसै पेस्तोल देखाएर लुटपाट गर्ने एक जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुवनी ग्रामपञ्चायत उस्राही थाना देवधा ८, पिठुवा टोलका २३ वर्षिय विजय मुखिया रहेको छ ।गत असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं १ का अजय कुमार गोइतलाई पेस्तोल देखाएर नगद दुई लाख १६ हजार, १२ लाख १० हजार बराबरको चेक र एप्पल कम्पनीको–१६ प्रो. आइफोन मोबाइल लुटपाट गरेको धनुषा प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । गोइत बैङ्कमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकेर मुखियाले लुटपाट गरेका थिए । मुखियालाई

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 199 पटक पढिएको
  • काठमाडौं नगर सभाको १७ औँ अधिवेशनबाट दुई वटा विधेयक स्वीकृत

    काठमाडौं । काठमाडौं महानगरपालिका नगर सभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम दुई वटा विधेयक स्वीकृत गरेको छ । बुधबार भएको उक्त बैठकले काठमाडौं महानगरपालिका राजस्व विधेयक २०८२ र काठमाडौं महानगरपालिका सम्पदामैत्री भवन संरक्षण एंव निर्माण मापदण्ड सहुलियत विधेयक २०८२ स्वीकृत गरेको नगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् । यसको साथै, उनले आज नगरसभामा प्रस्तुत भएका ९ वटा कार्यसूची मध्य, कार्यसूची नम्बर १, २, ३, ४, ८ र ९ मा भएको प्रस्तावहरु संशोधन सहित पारित भएको र प्रस्ताव नम्बर ५, ६ र ७ पेश मात्र भएको घोषणा गरेका छन् । 

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 210 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.