जनकपुर— जेनजी आन्दोलनको क्रममा सहिद भएका युवा तथा सम्पूर्ण व्यक्तिहरुकोप्रति जनकपुरधामवासीले सामूहिक रुपमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बुधबार साँझ जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको डिलमा हजारौँको संख्यामा दीप प्रज्वलन गरी जनकपुरधामवासीले मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरेका हुन ।

जनकपुरधामका स्थानीय, व्यवसायी, विद्यार्थी, सामाजिक अभियन्ता,मधेश प्रदेशका नेता, सांसद, सञ्चारकर्मीहरु र सर्वसाधारण नागरिकहरुको उल्लेख्य उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको हो ।  सहभागीहरूले दीप प्रज्वलन गर्नुका साथै शहीद आत्माको शान्तिको कामना गरेका थिए ।

जनकपुरधाम घुम्न आएका पर्यटकहरु पनि श्रद्धाञ्जली सभामा सहभागी भएका थिए । यो पहिलो पटक सम्पूर्ण जनकपुरवासी एक भएर यस किसिमको कार्यक्रम आयोजना गरिएको हो ।