काठमाडौं— नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।
विहीबबार बिहान गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले माल्यार्पण गरेका हुन् ।
माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणेशमान सिंहले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता नगरेको बताए ।
उनले भने,‘जनतालाई अधिकार दिलाउनको उहाँले गर्नुभएको जुन योगदानहरु छन् । देश र जनताका लागि उहाँले गर्नुभएको योगदान महत्वपूर्ण छ । जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता गर्नुभएन् । नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभएको थियो । यसबाट पनि थाहा हुन्छ । उहाँले कति धेरै संघर्ष कति गर्नुभएको छ त्यहिबाट थाहा हुन्छ ।’
त्यस्तै उनले जेनजी आन्दोलनको कभरअपमा दल र दलले गरेको योगदान केही होइन् भनेर देखाउने दुष्प्रयास भएको पनि बताए । त्यसैले जेनजी आन्दोलनमा भएका गतिबिधिहरुको छानबिन हुनुपर्ने माग समेत गरे ।