समाचार

    Showing 9,991-10,000 of 19,688 items.
  • नेपाली सेनाले भन्यो: लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्

    काठमाडौं— संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए ।प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।‘शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ’, सैनिक प्रवक्ता क

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 424 पटक पढिएको
  • प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताए । ६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले प्रहरी सङ्गठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले भने, 'गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समाविष्ट गरिएको छ । गृह मन्त्रालयले यसलाई छिटोभन्दा छिटो प्रतिनिधि सभासमक्ष पेस गर्ने लक्ष्य राखेको छ । प्रस्तावित विधेयकले ऐनको हैसि

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 402 पटक पढिएको
  • इलामको चुलाचुलीमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

    इलाम— इलामको चुलाचुलीमा हात्ती आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिका–१  का ७३ वर्षीय राजकुमार राई रहेका छन् । सोमबार बेलुका गाउँ पसेका हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणमा परी राई घाइते हुनुभएको थियो । घाइते राईलाई झापाको दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । उपचारका क्रममा राईको गए राति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।  चुलाचुली–१ घर भएका राई वडा २ को निगुरेमा खेतीपाती गरी बस्दै आएका थिए।

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 532 पटक पढिएको
  • निषेधित औषधी सहित १ जना पक्राउ

    बिराटनगर ।  सुनसरीको धरान उपमहानगरपालिका-८ तिनकुने स्थितबाट ठुलो परिमाणमा निषेधित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २८ गते बेलुकी ७ बजे अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर बाट धरान तर्फ आउदै गरेको को १ ख ७४५१ नंम्बरको मोटरसाईकल सवार मोरङ बिराटनगर महानगरपालिका -१२ का २७ वर्षिय राकेश कुमार यादवलाई खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी स्पास्मो १७ हजार ५ सय चक्की सहित पक्राउ गरेको हो ।लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 242 पटक पढिएको
  • दशैं बिदामा बन्द कार्यालय आजदेखि खुल्दै, काठमाडौं भित्रने नाकामा गाडीको चाप

    काठमाडौं— दशैं बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् । आश्विनशुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि हिजो द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् ।आज सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले काठमाडौं उपत्यकासहित देशैभरका शहरमा विस्तारै चहलपहल बढन् थालेको छ । दशैंमा १३ लाख जना काठमाण्डौबाट बाहिरिएपछि चहलपहल कम बनेको काठमाडौंमा भिडभाड बढ्न लागेको छ ।काठमाडौं उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दशैंमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 409 पटक पढिएको
  • बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा ३० यात्रु घाइते

    काठमाडौं— पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा सोमबार साँझ ५ बजेतिर यात्रुवाहक बस र ट्रक ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन्। चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरिबाट चितवनतर्फ जाँदै गरेको ना ६ख ३११९ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। रौतहटको चन्द्रनिगाहपुरका ४४ वर्षीय शत्रुराज सिलवाल, १५ वर्षीय भीमकुमार थापा, पाल्पाकी ३६ वर्षीया ममता नेपाली, १५ वर्षीया आशिका  नेपाल

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 362 पटक पढिएको
  • बढ्न थाल्यो चिसो, सावधानी अपनाउन आवश्यक

    काठमाडौं— देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महा

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 390 पटक पढिएको
  • सरकार फेस्टिभ मुडमा बस्दा बाढीपहिरो पीडितलाई थप पीडा, अध्यारोमै मनाइयो दशैं

    काठमाडौं— असोज दोस्रो साताको विपदबाट सम्पर्कविच्छेद भएका ७१ वटा स्थानीय तहका बाढीपहिरो पीडितको यस वर्षको दशैं खल्लो भएको छ। असोज दोस्रो साता आएको निरन्तरको वर्षापछिको बाढीपहिरो र डुबानले प्रभावित १४ जिल्लाका ७१ पालिकालाई सरकारले ‘विपद संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।  विपदका घटनालगत्तै दशैं शुरु भएपछि राहत तथा पुनर्निर्माणलाई प्राथमिकतासाथ अघि बढाउने बताएको सरकार फेस्टिभ मुडमा बसेकाले पीडितको दशैं अँध्यारोमै बितेको हो।बाढीपहिरोबाट बढी प्रभावित भएका ललितपुर, काभ्रे, सिन्धुली, चितवन, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, पाँचथर, उदयपुर जिल्लाका कतिपय पालिकामा सडक बाटो, बिजुली बत्ति र

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 276 पटक पढिएको
  • बडादशैंको टीका लगाउनेक्रम आज पनि जारी

    काठमाडौं— आश्विन शुक्ल पक्षको त्रयोदशी। बडादशैंको टीका लगाउने क्रम मंगलबार पनि जारी छ। मंगलबार ४० घडी १४ पला त्रयोदशी तिथि छ। बडादशैं अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुरालीलगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। देशका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने परम्परा छ। प्रसाद लगाएपछि त्यसैदिन विसर्जन गर्ने परम्परा छ।आश्विन शुक्ल पूर्णिमा अर

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 425 पटक पढिएको
  • कोजाग्रत पूर्णिमामा पनि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    पोखरा— बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।गण्डकी प्रदेश सरकारले सो दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दशैं र भानुजयन्तीमा समेत बिदा दिएको थियो ।

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 392 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा