हेटौंडा— मकवानपुरको भीमफेरी गाउँपालिकाद्वारा उच्च अदालत पाटन हेटौंडा इजलासका लागि कम्प्युटरका सामाग्री हस्तान्तरण गरिएको छ ।

जेन–जी आन्दोलनका कारण उच्च अदालत पाटन हेटौंडा इजलासको भवन र भित्र रहेका धेरैजसो सामाग्री जलेर नष्ट भएका थिए । 

त्यसै कारणले गर्दा अदालतका काम गर्न असहज भइरहेको समयमा भीमफेदी गाउँपालिका कार्यालयले आज कम्प्युटर दुइ थान, प्रिन्टर ३ थान हस्तान्तरण गरिएको हो ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौंडा इजलासका उपरजिष्टार बद्री प्रसाद लामिछानेलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत जिवन कुबर, अदालतका अधिकृत जय प्रकास घिमिरे लगायतकाको सहभागिता रहेको थियो ।