राजनीति

    Showing 9,881-9,890 of 10,379 items.
  • पूर्व प्रधानमन्त्री खनाल अस्पतालमा भर्ना

    काठमाडौं / पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि खनाललाई सोमबार बिहान नर्भिक अस्ताल भर्ना गरिएको हो ।केही दिनयता ज्वरो आइरहेको र रगतमा हेमोग्लोबिनको मात्रा पनि कम भएपछि अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 107 पटक पढिएको
  • खुवालुङको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री राई

    विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको धार्मिक एवं साँस्कृतिक महत्व बोकेको खुवालुङ ढुङ्गाको सरकारले संरक्षण गर्ने बताएका छन् ।प्रदेश सभामा सरकारले प्रस्तुत गरेको निती तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिंदै राईले खुवालुङको संरक्षण गर्ने बताएका हुन् । संघीय सरकारले ल्याएको बजेटमा जलयातायात सञ्चालनका लागि नदीमा रहेका अवरोध हटाउने विषयले खुवालुङ फुटाउन सरकार लागेको भनेर आरोप लागिरहेका बेला उनको यस्तो भनाई आएको हो ।धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सीमानामा अरुण, तमोर र दूधकोशीको संगममा रहेको ठूलो ढुंगा खुवालुङ किरात समुदायको संस्कृति , मुन्धुम र सभ्यतासँग जोडिए

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 290 पटक पढिएको
  • प्रदेश १ बाट ढुंगा–गिटी–बालुवा निर्यात रोक्न माग

    विराटनगर / संघीय सरकारले नयाँ बजेटमार्फत ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने विवादास्पद नीतिका विरुद्ध प्रदेश १ को संसदमा  संशोधन प्रस्ताव दर्ता भएको छ । संघिय सरकारले व्यापार घाटा कम गर्न भन्दै ल्याएको विवादास्पद सो निर्णयका विरुद्ध जनता समाजवादी पार्टीका सांसद जयराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमका विषयमा बोल्दै सांसद यादवले संघीय सरकारको सो निर्णयका विरुद्ध आफुले संशोधन प्रस्ताव दर्ता गरेको जानकारी गराएका हुन् । सांसद यादवले दर्ता गराएको संशोधन प्रस्तावमा ढुंगा, गिटी उत्खनन र बिक्री गर्ने योजनाले अन्न भण्डार मानिएको प्रदेश १ क

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 274 पटक पढिएको
  • लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    बुटवल / लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो ।यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बहुमतको निर्णयलाई प्रदेशसभाले स्वीकार नगरेको उल्लेख गर्दै कानून कार्यान्वयनका विषयमा आफ्नो अरुचि नरहेको जनाए । उनले प्रदेशसभाका सदस्य लोकतन्त्रमा आलोचनाले सही बाटोमा अघि बढ्न निर्देश गर्ने र सही बाटो प

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 99 पटक पढिएको
  • प्रधानमन्त्रीले गरे तरल अक्सिजन प्लान्टको शिलान्यास

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै उनले कोभिड –१९ महामारीको दोस्रो लहर शुरु भएपछि अक्सिजनको अभाव व्यहोरेको उल्लेख गर्दै प्लान्टको स्थापना असाधारण खुशीको विषय भएको बताए । “दोस्रो लहरले हामीलाई एक्कासि अक्सिजनको अभाव, सिलिण्डरको अभाव ग्रस्त बनायो, त्यतिबेला हामीले महङ्गो मूल्य तिरेरै पनि अक्सिजन सिलिण्डर किन्यौँ”, उनले भने । दोस्रो लहरसँगै स्वास्थ्य सामग्रीको माग बढेपछि भारतबाट अक्सिजन

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 137 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक : पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने

    गण्डकी / गण्डकी प्रदेश सरकारले आज बसेको बैठकमा पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ ।बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 286 पटक पढिएको
  • प्रदेश २ का प्रदेश प्रमुखद्धारा लालबाबु राउतलाई पत्र

    काठमाडौं  / मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै  प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यामन्त्रीलाई पत्र लेखेका हुन् । झाले प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व रहेको  भन्दै यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखेका छन् । प्रदेशमा अहिले मुख्यमन्त्री र ६ जना मन्त्री छन् । तर, कोही पनि महिला छैनन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीको रुपमा उषा

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 159 पटक पढिएको
  • प्रदेश मन्त्री भन्छन् : दुईटै किड्नी नभएको ओलीको पछि लाग्ने वुद्धि नभएका हुन्

    पोखरा / तेस्रो पटक लाईन परिवर्तन गरी मन्त्री बनेका विवादास्पद छवीका गण्डकी प्रदेशका बिना विभागिय मन्त्री दीपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् ।लामो समय ओली नेतृत्वको एमालेको पक्षमा आफुलाई उभ्याउँदा आएका मनाङेले शपथ ग्रहण गर्नु अघि प्रधानमन्त्री ओलीका विषयमा विवादास्पद टिप्पणी गरेका हुन् । ओली तर्फ संकेत गर्दै उनले दुईटै किड्नी नभएको मान्छेको पछि लाग्नेको भविष्य नरहेको बताएका हुन् । गण्डकीमा बनेको नयाँ प्रदेश सरकारमा आफुलाई कांग्रेसका पक्षमा उभ्याएका उनले किड्नी नभएका ओलीको पछि लाग्दा भविष्य नदेखेरै आफूले लाइन परिवर्तन गरेको दावी गरेका हु

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 659 पटक पढिएको
  • प्रदेश सरकारद्वारा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई एक लाख राहत

    धनुषा / धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश नं –२ सरकारले राहतस्वरूप एक/एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका –६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको मृत्यु भएको थियो ।मृत्यु भएका पाँच बालिकाका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप प्रतिपरिवार रु एक लाख दिने घोषणा सरकारका तर्फबाट नवनियुक्त भौतिक पूर्वाधा

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 119 पटक पढिएको
  • एमालेले गुमायो गण्डकी प्रदेश

    पोखरा / नेकपा एमाले भित्रको आन्तरिक कलहका कारण एमालेको ओली समुहले गण्डकी प्रदेशको मुख्यमन्त्री पद गुमाएको छ । विगत एक महिना देखि जारी सरकार फेरबदलको खेलमा आज प्रदेश प्रमुखले बहुमत प्रदेश सांसदको समर्थन रहेका कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थिए । पोख्रेलले एक महिना भित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने छ । 

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 159 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.