पोखरा / नेकपा एमाले भित्रको आन्तरिक कलहका कारण एमालेको ओली समुहले गण्डकी प्रदेशको मुख्यमन्त्री पद गुमाएको छ ।

विगत एक महिना देखि जारी सरकार फेरबदलको खेलमा आज प्रदेश प्रमुखले बहुमत प्रदेश सांसदको समर्थन रहेका कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  

OM Sai Pathibhara Hospital

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थिए ।

पोख्रेलले एक महिना भित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने छ ।